प्रहरीकै इमेलबाट 'फेक' फेसबुक अकाउन्ट : चार वर्षदेखि जारी थियो 'पोर्नोग्रफी' फैलाउन प्रहरीको 'काम'

पहिलोपोष्ट

काठमाडाैँ

प्रहरी जवान रवीन्द्र साह (नाम परिवर्तन)लाई चिनेजानेका एक जनाले म्यासेन्जरबाट एउटा भिडियो पठाए। उनीसँगै थिए एक अर्का प्रहरी पनि। उनीहरू दुवैले आफ्नो मोबाइलमा भिडियो हेरे। बालबालिकालाई यौन क्रियाकलापमा लगाइएको दृश्य थियो भिडियोमा। अर्थात्, चाइल्ड पोर्नोग्रफी।

रवीन्द्र साहले आफूसँग आइपुगेको भिडियो आफैँसँग मात्र सीमित राखेनन्।

उनले केही चलाखी गरे। 'भोज मगर' नाममा नयाँ फेसबुक आइडी बनाए। त्यसपछि उनले आफूले चिनेका वा नचिनेका मानिसहरूलाई फेसबुकमा जोड्न थाले। फेसबुकमा उनले म्यासेन्जरबाट फेला पारेको भिडियो अपलोड गरे।

 

प्रकाशित मिति: : 2022-01-05 08:42:00

प्रतिकृया दिनुहोस्