माघ १२ ‘टार्गेट’ : १९ पदका लागि सात प्रदेशमा ४४ उम्मेदवार (सूचीसहित)

रातोपाटी

काठमाडाैँ

आगामी माघ १२ गते राष्ट्रियसभाका १९ पदमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको उम्मेदवारी मनोनयनको समय सकिएको छ । आयोगले तोकेको समयभित्र विभिन्न ९ राजनीतिक दलका ४४ जनाले उम्मेदवारी दिएका छन् ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ ।

सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मदेवार उठाएका छन् । काँग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५/५ सिट पाएका छन् । जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन् ।

प्रकाशित मिति: : 2022-01-04 18:09:00

प्रतिकृया दिनुहोस्