कहाँ अल्झियो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर ? किन हिच्किचाउँदैछ सञ्चय कोष ?

लोकान्तर

काठमाडाैँ

कर्मचारी सञ्चय कोषका तत्कालीन प्रशासक तथा हिमालयन बैंकका तत्कालीन अध्यक्ष तुलसी गौतमको नेतृत्वमा हिमालयनले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरे पनि कर्मचारी सञ्चय कोषकै असन्तुष्टिका कारण मर्जर प्रक्रिया अल्झिएको पाइएको छ । मर्जरमा जान इन्भेष्टमेन्ट बैंकतर्फ कुनै समस्या नभए पनि हिमालयन बैंकका कतिपय शेयर धनी भने अगाडि बढ्न हिच्किचाइरहेका छन् । 

सञ्चय कोषले औपचारिक रूपमै शर्त राखेर ती शर्त पूरा नभएसम्म मर्जरमा जान नहुने अडान लिएको छ ।

कोषले तीन साताअगाडि नै हिमालयन बैंक, अर्थ मन्त्रालय र बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकमा निवेदन समेत दिइसकेको छ ।

प्रकाशित मिति: : 2022-01-04 17:59:00

प्रतिकृया दिनुहोस्