वर्तमान अर्थात् विगतको प्रतिबिम्ब

फोटोग्राफर डाउद वेले लुजियानाका खेत–खलियानका फोटोहरूमा वर्तमानलाई अझै पाठ सिकाइरहेको विगतको प्रतिध्वनि कैद गरेका छन् ।

म केही महिनादेखि लुजियाना राज्यस्थित पहिले खेतीका लागि प्रयोग हुने भेग वरपरको भू–दृश्य खिचिरहेको थिएँ, त्यसैबखत जर्ज फ्लोयडको हत्या भयो । पछि कोभिड– १९ संक्रमणका कारण क्वारेन्टिन बस्नुप¥यो । म फोटोग्राफीको सिलसिला रोक्न बाध्य भएँ ।

गोरा प्रहरी अधिकारीको हातबाट फ्लोयडको मृत्युमा मैले ती महिना फोटो खिचेका स्थानको भू–दृश्यमा दबेको इतिहास प्रतिध्वनि पाएँ । सो क्षेत्रको इतिहास अकारणको हिंसा र अश्वेत जीवनप्रतिको अनादरले कलंकित छ । तर, यसपटक विश्वले अश्वेत जीवनप्रति निरन्तरको अनादर अब असह्य भएको भन्दै आक्रोशपूर्ण विरोध जनायो । हालै लुजियाना फर्किँदा हामीहरू आफूलाई नै घाटा हुने गरी इतिहासलाई बिर्सन्छौँ भन्ने मेरो विश्वास थप बलियो भएको छ । जसरी म मेरो काममार्फत विगतको छाया देखाउँछु, त्यसैगरी इतिहासको स्मरणले हामीलाई सचेत र अवशेषका रूपमा रहेका हिजोको भयावहप्रति प्रतिक्रियात्मक बनाउँछ । यसलाई उपेक्षा गरियो भने त्यो हामीलाई तर्साउन पुनः फर्कन सक्छ ।

प्रकाशित मिति: : 2022-01-04 14:58:00

प्रतिकृया दिनुहोस्