‘पुरुषले जग्गा बेचेर भए पनि चुनाव लड्छ, महिलालाई त्यो अवस्था छैन’

नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादव यति बेला चर्चामा छन्, कांग्रेसको १४औँ महाधिवेशनमा सर्वाधिक मत (३,९६९)ले मधेसी महिला केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनको चर्चा चुलिएको हो।  राजनीतिक सफलताको यो चर्चा एकातिर छ, अर्कोतिर उनी पुत्र गुमाएको गहिरो पीडामा छन्। २० वर्षको पुत्र गुमाएकी आमाको व्यथा जोकोहीले अनुमान गर्न सक्छन्। 

सबै क्षेत्रमा, विशेषतः राजनीतिमा उसैको चर्चा हुन्छ, जो सफल हुन्छ। सर्वाधिक मतले विजयी भएकी मुक्ताको सफलता र संघर्षको कथा कस्तो होला ? यही जान्न हामीले फोन वार्ता गरेका थियौँ । उनी त तीन वर्षअघि गुमाएको छोराकै शोकमा रहिछन्।

उनका जेठा छोरा काठमाडौंमा इन्जिनियरिङ पढ्दै थिए। राष्ट्रिय सभा सदस्य भएपछि शपथग्रहण गर्न मुक्ता ०७४ फागुन २० गते काठमाडौं आएर छोराहरूकै कोठामा बसेकी थिइन्। जेठा छोराले नै उनलाई बानेश्वरस्थित संसद् भवनमा पुयाइदिएका थिए। फागुन २८ गते उनका जेठा छोरा आफन्तको विवाहमा जनकपुर गए। विवाह सकेर चैत १ गते काठमाडौं फर्कने सल्लाह भएको थियो । तर, उनी कहिल्यै फर्केनन्। मुक्तालाई चैत २ गते राति फोन आयो–  सडक दुर्घटनामा परी तपाईंका छोरा रहेनन्।  

प्रकाशित मिति: : 2022-01-03 12:29:00

प्रतिकृया दिनुहोस्