५ युवाले धानिरहेको 'डोको'

सेतोपाटी

काठमाडौँ

हामी प्रयोग नभएका वा खेर गएका कागज र प्लास्टिक प्रायः अरू फोहोरसँगै फाल्छौं। धेरै भए ती फोहोर व्यवस्थापन गर्न कहिलेकाहीँ बेग्लै पैसा पनि तिर्नुपर्छ।

तर यस्ता कागज र प्लास्टिक दिँदा उल्टै पैसा पाइन्छ भन्ने तपाईंहरूमध्ये धेरैलाई थाहा छ कि छैन?

डोको रिसाइक्लर्स नामक कम्पनीले पुनः प्रयोग गर्न मिल्ने कागज र प्लास्टिक लिइदिन्छ। आफ्नो घर वा अफिसमा भएका कागज र प्लास्टिक अलग्गै राखेर पछि डोकोलाई दियौं भने त्यसबापत पैसा पनि पाइन्छ।

डोको फोहोर व्यवस्थापन तथा त्यसलाई फेरि प्रयोगमा ल्याउने कम्पनी हो। यो कम्पनीले वातावरण संरक्षणलाई ध्यानमा राख्दै लागि काम गरिरहेको छ। यसका पाँच सञ्चालक छन्- राघवेन्द्र महतो, कुशल हर्जानी, रुनीत सार्या, पंकज पुन्जियार र आश्मा बस्नेत। उनीहरू डोकोलाई सामाजिक उद्यम भनेर चिनाउँछन्।

'डोकोमार्फत् हामीले करिब चार वर्षदेखि देशका विभिन्न ठाउँबाट पुनः प्रयोग गर्न मिल्ने सामान उठाएर व्यवस्थापन गरिरहेका छौं,' कम्पनीका सञ्चालकमध्येका राघवेन्द्रले भने।

प्रकाशित मिति: : 2022-01-02 15:44:00

प्रतिकृया दिनुहोस्