माओवादी महासचिवका दाबेदार अनन्त छन् कहाँ? महाधिवेशनमा भइरहेका छन् 'मिसिङ'

पहिलोपोष्ट

काठमाडौँ

नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अहिले काठमाडौंमा जारी छ। नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै महाधिवेशन गरिरहेको माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक प्रतिवेदन पेश गरेका छन्। त्यसमाथि छलफल र पारितका साथै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।

महाधिवेशनले २९९ जनाको केन्द्रीय कमिटी निर्वाचित गरेर १५ जना पदाधिकारी चयन गर्ने छ। विधानले पदाधिकारी संख्या तोके पनि पोर्टफोलियोको विषयमा भने मौनता नै राखेको छ।

महाधिवेशन अगाडि बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव,तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने निर्णय गरेको थियो।

महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय कमिटी सर्वसम्मत गराउने गृहकार्यमा माओवादी केन्द्र रहे पनि पदाधिकारीमा नेताहरूका आकांक्षी बढेका छन्।

प्रकाशित मिति: : 2021-12-27 14:49:00

प्रतिकृया दिनुहोस्