माओवादी केन्द्रको महाधिवशनले सुधार्‍यो एमाले र माओवादीको सम्बन्ध

फेरि पार्टी एकताको वातावरण बन्ने प्रचण्डको अपेक्षा

लोकान्तर

काठमाडौँ

तिक्ततापूर्ण सम्बन्ध रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको दरार साँघुरो हुँदै गएको संकेत देखिएको छ । गत वर्षको पुसयता भेटघाट त टाढाको कुरा राम्ररी संवाद समेत नभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचमा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आइतबार टेलिफोन वार्ता भएसँगै संवादको ढोका खुलेको छ। 

हुन त गत मंसिर २४ गते कांग्रेसको १४ औं महाधिवेशनमा ओली र प्रचण्ड करीब ११ महिनापछि एउटै मञ्चमा देखिएका थिए । गत वर्षको पुस ५ मा तत्कालिन प्रधानमन्त्रीको रूपमा केपी ओलीले संसद विघटन सिफारिस गरेयता दुई नेताबीच हार्दिकता थिएन।यतिसम्म कि कांग्रेस महाधिवेशनमा भाषणको क्रममा उनीहरूबीच घोचपेच चलेको थियो।

प्रचण्ड र ओलीले भाषणको क्रममा एकअर्कालाई सम्बोधन समेत गर्न चाहेका थिएनन् ।
तर, माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको क्रममा भने ओली र प्रचण्डकोबीच संवादको ढोका खुलेको हो। माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेपछि महाधिवेशनमा अतिथिको रूपमा आमन्त्रण गर्न प्रचण्डले ओलीलाई टेलिफोन गरेका थिए ।

 

प्रकाशित मिति: : 2021-12-26 22:04:00

प्रतिकृया दिनुहोस्