माओवादी महाधिवेशनमा जनयुद्धका स्मृति [फोटो फिचर]

शनि शाक्य

काठमाडौं

नेकपा (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ।

आइतबार दिउँसो ३ बजेबाट सुरु हुने महाधिवेशको लागि देशभरबाट प्रतिनिधिहरु सहभागी हुने क्रम जारी छ।

उद्घाटन समारोहमा अन्य दलका शीर्ष नेताहरू सहभागी हुँदैछन्। त्यसैगरी माओवादीले आफ्नो पार्टीमा रहेर सँगै जनयुद्ध लडेका नेताहरूलाई पनि सहभागीको लागि निमन्त्रणा पठाएको छ।

जसमा माओवादीमा रहेर जनयुद्ध लडेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सहभागी हुने माओवादी निकट नेता बताएका छन्।

त्यसैले प्रज्ञा भवन सजाएर झकिझकाउ बनाइएको छ। जसमा जनयुद्ध लड्दाताका फोटोहरु समेत झुन्डाइएको छ। जहाँ अध्यक्ष पुष्पकमल दाहालसहित माओवादी नेता कार्यकर्ता जनयुद्ध लड्दै गर्दाका फोटोहरु छन्। जसले धेरैको मन तानिरहेको छ।

तस्बिरमा प्रचण्डसहित विप्लव, मोहन वैद्य किरणलगायत नेताहरूका जनयुद्धका दृश्यहरु राखिएको छ। यतिबेला जनयुद्ध लडेका नेताहरू प्रचण्डको साथमा छैनन्। त्यसैले पनि ती दृश्यले धेरैको नजर तानेको हो। 

प्रकाशित मिति: : 2021-12-26 14:08:00

प्रतिकृया दिनुहोस्