बिएल संवाददाता
कर्णाली स्पोर्ट क्लबले दुई पछिल्लो महिनाको अवधिमा विभिन्न प्रतियोगितामा विजयी भएर गृहजिल्ला जुम्लामा आएका खेलाडीहरुलाई सम्मान गरेको छ।
मंसिर र पुस महिनामा नेपालभित्रै भएका विभिन्न प्रतियोगितामा सहभागी भएर जुम्ला फर्केका खेलाडीहरुलाई अभिनन्द गरिएकाे हाे।
क्लबका अध्यक्ष सरोज शाही, अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकाया, क्लबका उपाध्यक्ष डाक्टर नवीन थापा र क्लबका सचिव मधुराज न्यौपानेले खेलाडीहरुलाई खादा र अबिर लगाएर सम्मान गरेका हुन्।
क्लबबाट मंसिर ४ गते नेपालगञ्जमा भएको धारापासी म्याराथन प्रतियोगितामा कर्णाली स्पोर्ट क्लबका बन्दना बुढा खुल्ला तर्फको ५ किलोमिटर दौडमा तृतीय भएकी थिइन्।
स्कुल स्तरीय ५ किलोमिटर प्रतियोगितामा दिपेन्द्र बुढा तृतीय, स्कुल स्तरीय ३ किलोमिटर दौडमा सविता बुढा प्रथम र स्कुल स्तरीय ३ किलोमिटर दौडमा मन्जीता ऐडि द्वितीय भएका थिए।
यस्तै मंसिर २० गते काठमाडाैंको दशरथ रंगशालामा भएको युथ एथेलेटिक्स २० वर्ष मुनिको प्रतियोगितामा ३ हजार र ८ सय किलामिटर दौडमा राममाया बुढा प्रथम, ३ हजार किलोमिटर दौडमा प्रकाश कठायत प्रथम, बन्दना बुढा द्वितीय भएका थिए।
पुस ३ गते काठमाडाैं भएको रेफर प्रतियोगितामा कर्णाली स्पोर्ट क्लबबाट सहभागी भएका राममाया बुढा ५ किलोमिटर दौडमा द्वितीय, कजेल स्तरीय ५ किलोमिटर दौडमा प्रकाश कठायत प्रथम, कजेल स्तरीय ३ किलोमिटर दौडमा बन्दना बुढा प्रथम र कजेल स्तरीय ३ किलोमिटर दौड प्रतियोगितामा सविता बुढा द्वितीय भएका थिए।
सबै प्रतियोगितामा क्लबको तर्फबाट भाग लिएर प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडिलाई शनिबार जुम्लामा सम्मान गरिएकाे क्लबका अध्यक्ष सरोज शाही बताए।
'खेलाडीहरुको मनोबल उच्च गर्न र खेल क्षेत्रमा जोडिन याे कार्यक्रमले हौसला प्रदान गरेको गरेको छ,' उनले भने, 'विभिन्न प्रतियोगितामा खेलाडिहरुलाई सहभागी गराउनको लागि क्लबमा आवद्ध भएका पदाधिकारीले खल्तीबाट रकम खर्चे गर्नु परेको थियाे।'
खेल क्षेत्रप्रति स्थानीय तह र सरोकारवाला निकायले ध्यान नदिएको कारणले खेलाडीहरुको लागि भने जस्तो गर्न नसकिएको अध्यक्ष शाहीको भनाइ छ।
खेलाडी प्रकाश कठायतले खेलाडीहरुको लागि आवासको प्रबन्ध भए निममित अभ्यास गर्न सजिलो हुने बताए। उनले भने,'विभिन्न गाउँबाट खेलाडीहरु अभ्यासका लागि सदरमुकाममा आउने हुँदा समस्या भएको छ।'
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया