व्यापारमा न्यानो दिइरहेको ‘जुम्रिया कपडा’ : हेला गरिएका उत्पादन डलरमा बिक्री

लोकान्तर

उत्तम पोखरेल

पहिला–पहिला पहाडी जिल्लामा मात्रै प्रयोग गरिने अल्लोका कपडा हिजोआज तराईका जिल्लामा पनि लगाउन थालिएको छ । संखुवासभा, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा मात्रै पाइने अल्लोका कपडाको व्यापार गर्न भनेर सीता–अशोक दम्पती केही वर्षअघि धनकुटाबाट मोरङको विराटचोक आए । 

पत्नी सीता अठपरिया र पत्नी अशोक कुलुङले सुन्दरहरैचाको विराटचोकमा आएर पहाडी जिल्लाबाट अल्लोका कपडा किनेर व्यापार शुरू गरे । 

व्यापार शुरू गर्दा स्थानीयले अल्लोका कपडालाई जुम्रिया कपडा भनेर हेला गर्ने गरेका सीताले बताइन् । धनकुटामा विभिन्न कार्यक्रमको उद्घोषण गर्ने र स्थानीय रेडियोमा कार्यक्रम चलाउने गरेकाले सीतालाई त्यति गाह्रो भएन तर पति अशोकलाई नराम्रो व्यापार गरिएछ कि जस्तो लागेको उनले सम्झिइन् ।

व्यापार विस्तार गर्ने क्रममा कपडा सिलाएर बेच्ने योजना समेत बनेको उनले बनाइन् । सीतालाई कपडा सिउन सिक्दा पनि कुनै असर परेन, किनभने जतासुकै महिलाका लागि सिलाइकटाई सेन्टर खुलेका थिए । उनले विराटचोकमा सिलाइ सिकिन् तर अशोक पुरुष भएकाले उनलाई सिलाइ सिकाउन कोही तयार भएनन् ।

प्रकाशित मिति: : 2021-12-25 13:25:00

प्रतिकृया दिनुहोस्