वर्षौँसम्म एउटै कार्यक्रम, उही लक्ष्य

सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिने ‘अघि बढाइने’, ‘निरन्तरता दिने’, ‘प्रभावकारी बनाइने’, ‘तीव्र पारिने’, ‘जोड दिइने’,

  • पूर्वतयारीसमेत नगरी घोषणा गरिन्छन् महत्वाकांक्षी कार्यक्रम
  • सरकारी नीतिमा समेटिएका कार्यक्रम बजेट अभावमा वर्षौँ अलपत्र
  • राष्ट्रिय गौरवकै आयोजनामा छैन सन्तोषजनक प्रगति

सरकारले नीति तथा कार्यक्रममा समेटेका योजना घोषणाअनुसार कार्यान्वयन गर्न नसक्दा वर्षौँसम्म उही लक्ष्य पूरा गर्ने भन्दै एउटै कार्यक्रम दोहोर्‍याउने लज्जास्पद अभ्यास गर्दै आएको छ। हुबहु वा केही शब्दावली हेरफेर गरेर एउटै कार्यक्रम दोहोर्‍याउने गरिएको छ।

सरकारले हरेक आर्थिक वर्षमा त्यस वर्ष सम्पन्न गर्ने गरी प्राथमिकता तोकेर नीति तथा कार्यक्रम सार्वजनिक गर्छ। बहुवर्षीय आयोजनाको हकमा पनि एक वर्षभित्र सक्ने काम खुलाएर लक्ष्य तोकेको हुन्छ। यही नीति तथा कार्यक्रमका आधारमा बजेट वक्तव्यमार्फत रकम विनियोजन गरी कार्यान्वयनमा जाने प्रक्रिया हुन्छ। तर, सरकारी नीतिमा समावेश कैयौँ कार्यक्रम वर्षौँसम्म अलपत्र छन्।

सरकारले ल्याउने कतिपय कार्यक्रमको लक्ष्य नै अमूर्त हुन्छ। कसरी र कहिलेसम्म योजना सम्पन्न गर्ने निश्चित नगरी कार्यक्रम सार्वजनिक गरिएका हुन्छन्। वर्षैपिच्छे समयसीमा फेरेरसमेत उही नीति तथा कार्यक्रम दोहोर्‍याएका उदाहरण पनि प्रशस्त छन्। 

प्रकाशित मिति: : 2021-12-24 10:26:00

प्रतिकृया दिनुहोस्