तरलता व्यवस्थापनका लागि उद्योग संगठन मोरङद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण 

वित्तिय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको संगठनको प्रतिनिधि मण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार भेटी वित्तिय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथासक्य समाधान गरी उद्योग व्यवसाय सञ्चालनमा सहजिकरणका लागि अनुरोध गरेको छ।

उक्त छलफल कार्यक्रममा संगठनका अध्यक्ष प्याकुरेलले तरलताको चरम अभाव भएको कारण बैंक तथावित्तिय संस्थाहरुले केही समयदेखि औद्योगिक कच्चा पदार्थलगायतका वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्न समेत कठिनाई भएबाट औद्योगिक कच्चापदार्थको अभावमा उत्पादन नै ठप्प पार्नुपर्ने विकराल अवस्था सिर्जना हुँदै गएकोतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्।

राष्ट्र बैंकद्वारा तोकिएका केही विलासी वस्तुहरुको आयातमा प्रतितपत्र खोल्दा शत प्रतिशत नगद मार्जिन राख्न पर्ने व्यवस्था गरी स्वदेशी उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदम भन्दै यस प्रावधानबाट उत्पादनमुलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेशिनरीहरुको आयातको सहजीकरणमा मद्दत पुग्ने तर यसबाट विलासिताका वस्तुहरुको आयातमा एकाधिकार हुनसक्ने तर्फ सचेत हुनुपर्ने सुझाव संगठनले राष्ट्र बैंकलाई दिएको छ।

उद्योगीहरुका सुझाव सुनिसकेपछि गर्भनर महाप्रसाद अधिकारीले उत्पादनमुलक उद्योगहरुलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थलगायतका वस्तुको नियमित आपूर्तिका लागि प्रतीतपत्र (एलसी) खोल्न कुनै पनि कठिनाई हुननदिने प्रतिवद्धता व्यक्त गरे।

साथै गर्भनर अधिकारीले विलासिताका केहि वस्तुहरुको आयातलाई निरुत्साहित गरेको र यसबाट उत्पन्न हुन सक्ने परिणामका बारेमा राष्ट्र बैंक सचेत रहेको बताए।

साथै, गर्भनर अधिकारीले बैंक तथावित्तिय क्षेत्रमा वित्तिय अनुशासन कायम गर्न चालु मौद्रिक नीतिमार्फत सिसिड रेसियोबाट सिडि रेसियोमा रुपान्तरण गरिएको कारणबाट तरलता अभाव नभएको स्पष्ट पार्दै तरलता अभावबाट अर्थतन्त्रलाई बचाउन राष्ट्र बैंकले विभिन्नवित्तियउपकरण प्रयोग गरी तरलता पठाइरहेकोले अवस्थाक्रमशः सुधार हुदै जाने बताए।

उक्त अवसरमा संगठनले लगातार उठाउदै आएको उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको रहुने कर्जाको व्याजदर एक अंकमा नबढ्ने गरी कायम गर्नुपर्ने, पुनर्कर्जा तथा विभिन्न शीर्षक र क्षेत्रमा प्रवाह गरिने सहुलियतपूर्ण कर्जा अन्तर्गतका सूविधामुलक कर्जाहरुलाई सहज र द्रूत गतिमा प्रवाहगर्ने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकलाई आग्रह गरेको छ।

संगठनको प्रतिनिधिमण्डलमा बरिष्ठ उपाध्यक्षप्रदिप मुरारका, उपाध्यक्षद्धय राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुशिल रिजाल, अध्यक्षिय सल्लाहकार सोम अधिकारीलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2021-12-22 15:04:00

प्रतिकृया दिनुहोस्