भूकम्पपछि ‘रेड स्टिकर’ लगाइएका त्रिविका ३३ क्याम्पसमा जोखिम मोल्दै पढाइ

भारतले प्रतिबद्धता जनाएको ६ वर्षपछि एक्जिम बैंकले बल्ल दियो स्वीकृति, टेन्डर कहिले हुने अझै टुंगो छैन

०७२ वैशाखको भूकम्पमा चर्किएर ‘रेड स्टिकर’ लगाइएका त्रिभुवन विश्वविद्यालयका ३३ आंगिक क्याम्पसमा ६ वर्षसम्म पुनर्निर्माण नहुँदा जोखिमपूर्ण अवस्थामै पढाइ हुने गरेको छ। नयाँ भवन नबनेपछि रेड स्टिकर हटाएर चर्किएका भवनमै कक्षा सञ्चालन गरिएको हो।

सरकारले त्रिविका ३३ आंगिक क्याम्पस, त्रिवि स्मृति भवन, होस्टेललगायत गरी ३८ कार्यालय र दोलखाको जिरी प्राविधिक शिक्षालय भारतको एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माण गर्ने सम्झौता भारत सरकारसँग गरेको थियो । पुनर्निर्माणको सूचीमा रहेका ३८ कार्यालयमध्ये त्रिवि प्रेस र थापाथली क्याम्पसको स्वीकृति आएको छैन। ऋण सहयोग भारतको हुने र परामर्शदाता नेपालको रहने सम्झौतामा उल्लेख छ। तर, भारतको बेवास्ता र झन्झटिला सर्तका कारण पुनर्निर्माण हुन सकेको छैन । पुनर्निर्माणमा अन्य देश तथा निकायले समेत चासो दिए पनि भारतसँग सम्झौता भइसकेकाले समस्या भएको छ।

‘पुनर्निर्माण नहुँदा धेरै समस्या भएको छ, कक्षाकोठा अभावका कारण रेड स्टिकर लगाइएका भवनमा समेत जोखिम मोलेर पढाउनुपरेको छ,’ त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, ‘हामीले छिटो काम गर्न भनिरहेका छौँ, तर भएको छैन।’ 

प्रकाशित मिति: : 2021-12-21 11:25:00

प्रतिकृया दिनुहोस्