भिमानमा भित्र्याइन् पहिलो अटो, कमाउँछिन् महिनामा ५० हजार (भिडिओ)

सेतोपाटी

जुना श्रेष्ठ/सुसन चौधरी

सिन्धुली, भिमानकी पवित्रा फुँयाल तीन पांग्रे अटो चलाउँछिन्। झन्डै पाँच वर्षअघि उनले भिमानमा अटो गुडाउन थालेकी हुन्।

त्यो बेला सिन्धुली बजारमा अटोको चर्चा चुलिँदो थियो। कमलामाई नगरपालिकामा पर्ने भिमानमा भने सार्वजनिक गाडी मात्रै चल्थे। सिन्धुलीमाडीदेखि भिमान झन्डै १९ किलोमिटर दुरीमा पर्छ।

'सिन्धुली जाँदा त्यहाँ थुप्रैले अटो चलाएर राम्रो आम्दानी गरिरहेको देखेँ,' २८ वर्षीया पवित्राले सेतोपाटीसँग भनिन्, 'सार्वजनिक यातायातभन्दा अटोले मानिसको आवतजावतमा सहज पारेको थियो। भिमानमा भने त्यो बेलासम्म अटो भित्रिएकै थिएन।'

भिमानमा पनि अटो चले सजिलो र छिटो हुन्छ भन्ने पवित्राले सोचिन्। अब कहिले आउँछ भनेर पर्खेर बस्नुभन्दा उनी आफैंले किन्ने सोचिन्।

अटो चढ्ने यात्रु नपाए वा नभए बरू निजी प्रयोजनकै लागि चलाउने उनले ठानिन्। अनि २०७३ साल असोजमा पवित्राले जनकपुरबाट अटो किनेर ल्याइन्। उनी भिमानमै अटो भित्र्याउने पहिलो व्यक्ति बनिन्।

प्रकाशित मिति: : 2021-12-20 21:07:00

प्रतिकृया दिनुहोस्