सोमबार, १५ डिसेम्बर २०२५

‘कबड्डी ४’ बैशाख २३ गते रिलिज हुँदै, टीजर सार्वजनिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
• • •

फिल्म 'कबड्डी ४' को टिजर सार्वजनिक भएको छ। युट्युब सुश्मा प्रोडक्सन ग्लोबलबाट टिजर सार्वजनिक गरिएको हो। 

टिजरमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, गौमाया, विजय बराल, माओत्से गुरुङ लगायत कलाकारहरूलाई देखाइएको छ। फिल्मको टिजरनुसार अभिनेता राईलाई फिल्ममा फरक भूमिकामा देखिन सक्ने अड्कल काट्न सकिन्छ। 'कबड्डी ४'मा दयाहाङको अलावा, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, जयनन्द लामालगायतको मुख्य भूमिका रहने छ।

फिल्मलाई मणिराम पोखरेलले निर्माण गर्नेछन्। सफल सिरिज 'कबड्डी'को अन्तिम भागका रूपमा यस फिल्मलाई निर्देशक रामबाबु गुरुङले बनाएका हुन्। फिल्ममा तीन सिरिजमा देखिएका सम्पूर्ण कलाकारहरूलाई पनि विशेष भूमिकामा देख्न सकिनेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!