सत्ता टिकाउन जथाभावी मन्त्रालय फुटाउँदा मन्त्री र सचिवको बिचल्ली

लोकान्तर

प्रकाश आचार्य

सत्ता टिकाउनलाई व्यवस्थितरूपमा चलेका मन्त्रालय जथाभावी फुटाउँदा लुम्बिनी प्रदेश सरकार भद्रगोल बनेको छ । लुम्बिनीमा ७ वटा मन्त्रालयलाई फुटाएर चार राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ, जसले गर्दा भवन संरचना र कर्मचारीको चरम अभाव छ ।

पुरानो भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको एउटा भवनमा अहिले ५ मन्त्री र ३ जना सचिव बस्छन् । भौतिकसँगै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, जलस्रोत, सिञ्चाइ तथा ऊर्जा मन्त्रीसहित दुवै मन्त्रालयका राज्यमन्त्रीको कार्यकक्ष त्यही सडक डिभिजन कार्यालयभित्र छ । एउटै सचिवले दुईवटा मन्त्रालय हेनुपर्ने अवस्था छ ।  

हेभी इक्युपमेन्ट भवनमा पुरानो सामाजिक विकास मन्त्रालय फुटाएर बनेका  स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय र शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय छ । पुरानो उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा अहिले वन वातावरण तथा भू संरक्षण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छन् ।

प्रकाशित मिति: : 2021-12-20 12:15:00

प्रतिकृया दिनुहोस्