क्रिकेटमा विवाद : संस्था बलियो कि व्यक्ति ?

बाह्रखरी

सुजन श्रेष्ठ

पछिल्लो समय नेपाली क्रिकेट तरंगित बनेको छ । कारण हो, नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीमुक्त गरी सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गर्नु । साथै क्यानले ज्ञानेन्द्रसहित चार खेलाडीलाई आगामी ६ महिनासम्मका लागि सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गर्नु । 

सामान्य रुपमा हेर्दा यो खेलाडी र क्यानबीच जुंगाको लडाईँजस्तो देखिएको छ । एक हिसाबले त्यो हो पनि । तर यसको मूल विषय संस्था बलियो कि व्यक्ति भन्ने नै हो । विवादको जड क्यानले सेन्ट्रल कन्ट्रयाक्टका लागि गरिएको खेलाडीको बर्गीकरण हो । जसमा खेलाडीले असन्तुष्टि जनाए । असन्तुष्टि मिडियामा आयो । क्यानले अनुशासन उल्लङ्घन भएको भन्दै स्पष्टीकरण सोध्यो । खेलाडीले ‘उल्टै क्यानलाई गल्ती’ देखाए । क्यानले पुनः स्पष्टीकरण सोध्यो, ‘जवाफ उस्तै आयो’ । क्यानले चार खेलाडीलाई आगामी ६ महिनाका लागि सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गर्‍यो । कप्तान र उपकप्तान परिवर्तन गर्‍यो । सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गर्‍यो ।

भएको यही हो । अब खेलाडीले क्यान उक्त निर्णयबाट पछि हट्नुपर्ने अडान राखेको छ । क्यान खेलाडीले गल्ती स्वीकार नगरे निर्णयमा अडिग रहने जनाएको छ । प्रश्न यही हो कि, संस्था बलियो कि व्यक्ति ? यसको जवाफ स्वाभाविक रुपमा संस्थासँग हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । यो विवाद राखेप, मन्त्रालय हुँदै प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्म पुगिसकेको छ । 

प्रकाशित मिति: : 2021-12-20 12:07:00

प्रतिकृया दिनुहोस्