प्रेमिकाको हात माग्न जाँदा गरीब भनेर अस्वीकृत भएका यी उपसचिव ! संघर्षले सफलतातिर

लोकान्तर

उत्तम पोखरेल

मोरङको बेलबारीका प्रदीप शाह ३६ वर्ष पुगे। यतिबेला उनी नेपाल सरकारका उपसचिव छन्।

उनले घरनजिकै रहेको भगवती माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे। बुवा घनश्याम शाह र आमा शिला शाह कृषिसँगै व्यापार गर्ने गर्थे।

‘तरकारी व्यापार गर्ने भएकाले बिहान–साँझ बुवाआमालाई काममा सघाउनुपर्थ्यो,’ उनले भने, ‘खाजा र भात खाने फुर्सद पनि त्यति हुँदैन्थ्यो।’ कति दिन त खाजा खाँदै बुवालाई व्यापारमा समेत सघाएको उनले सुनाए।

विद्यालयबाट आएपछि घरको काम गर्नुपर्दा पढ्ने फुर्सद नभएपछि राति ३ घण्टा मात्रै सुतेर पढ्ने गरेको उनले बताए। राति १२ बजे सुतेर बिहान ३ बजे उठ्ने गरेको उनले सुनाए। राति मेहनत गर्ने भएकाले विद्यालयमा जहिल्यै पनि प्रथम हुने गरेको उनी बताउँछन्।

‘यो काम मात्रै गर्छ, पढेर प्रगति गर्दैन भन्ने धेरै थिए। सरहरूसँग भेट हुँदा पनि कि बुवासँग बजारमा कि आमासँग बारीमा हुने गरेको थिएँ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर रहेकाले भनेजस्तो लगाउने र बजारका खाने कुरा खान पाइँदैन्थ्यो तर भोकै चाहिँ बस्नु पर्दैन्थ्यो।’

प्रकाशित मिति: : 2021-12-18 11:04:00

प्रतिकृया दिनुहोस्