पोखराको अल्ट्रालाइट र पाराग्लाइडिङ कहाँ सार्ने?  

हिमाल खबर

मस्त केसी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको काम भइरहेको छ। करीब ८८ प्रतिशत काम सकिएको विमानस्थलबाट त्यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्ने जनाएको छ।  अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने खुशीसँगै पोखराको साहसिक खेल पर्यटनको रूपमा चर्चित पाराग्लाइडिङ र अल्ट्रालाइटको भविष्य भने अन्योलमा परेकाे छ। 

पाराग्लाइडिङ उडान हुँदै आएको पोखराको सराङकोट क्षेत्र एअर स्पेश (हवाई उडान परिधि)भित्र पर्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एअर स्पेश लम्बाइ झन्डै २६ किलोमिटर र चौडाइ ६ किलोमिटर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, पाराग्लाइडिङ गतिविधि हुँदै आएको क्षेत्रको दूरी यहीभित्र पर्छ। त्यसकारण अहिलेकै स्थानबाट पाराग्लाइडिङ र पोखराको आकाशमा अल्ट्रालाइट सञ्चालन गर्न नसकिने प्राधिकरणकाे निस्कर्ष छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्ण पोखराबाट पाराग्लाइडिङ स्थानान्तरणको विकल्प नरहेको बताउँछन्। “हवाई सुरक्षाको मापदण्डले नै एअर स्पेशभित्र अन्य गतिविधि गर्न बन्देज लगाएको छ,” उनी भन्छन्, “त्यसकारण पोखराका हवाई खेल गतिविधि एअर स्पेश बाहिरको दूरीमा सार्नुको विकल्प छैन।” उनी पर्यटन व्यवसायीहरूलाई नजिकको गन्तव्य पहिचान गरेर सार्न सुझाव दिइएको बताउँछन्। 
 

प्रकाशित मिति: : 2021-12-16 11:18:00

प्रतिकृया दिनुहोस्