विश्वविद्यालय, बौद्धिक चोरी र रोकथाम

बाह्रखरी

काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले अनुसन्धानमा मौलिकता कायम गर्ने उद्देश्यले केन्द्रीय पुस्तकालयमार्फत संचालन हुने व्यवस्था मिलाएर हालै 'टर्नइटइन' नामक सफ्टवयेर प्रयोगमा ल्याएको छ।

यसको प्रयोगले बौद्धिक चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, यस प्रकारको सफ्टवयेर प्रयोगमा केही चुनौती पनि जोडिएर आएका छन्। यस लेखमा विश्वविद्यालयको अनुसन्धानका विविध पक्ष, बौद्धिक चोरी र त्यसको रोकथामको प्रयासमा देखिएका थप जटिलताको संक्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ। साथै, सूचना प्रविधिको प्रयोगबाट आउन सक्ने थप जटिलतालाई व्यवस्थापन गर्नुपर्ने संकेत पनि गरिएको छ।

बौद्धिक चोरी अर्थात 'प्लेजियारिज्म' भनेको सृजनात्मक, समीक्षात्मक वा अनुसन्धानबाट कुनै लेखक वा अनुसन्धान कर्ताले त्यसको भाव वा शब्दलाई कुनै पनि अभिलेखीकरण नगरीकन नक्कल गर्नु हो। यस्तो कार्यलाई प्राज्ञिक बेइमानी भनिन्छ।

प्रकाशित मिति: : 2021-12-15 13:16:00

प्रतिकृया दिनुहोस्