कोभिड खोप अस्वीकार गरेको आरोपमा दर्जनाैँ वायुसेनाका सदस्यहरू निस्कासित

काेराेनाविरूद्धकाे खोप लगाउन अस्वीकार गर्ने २७ वायुसेनाका सदस्यलाई अमेरिकी सेनाले पदमुक्त गरेको छ। जनादेशको अवज्ञा गरेको कारण ती सिपाहीहरू निस्कासनमा परेका हुन्।

वायुसेनाले आफ्नो सेनालाई नोभेम्बर २ सम्म खोप लगाउनको लागि म्याद दिएता पनि हजारौंले अस्वीकार गरेका छन्। खोप संलग्न कारणहरूले गर्दा प्रशासनिक रूपमा डिस्चार्ज हुने यी पहिलो एयरमेन (वायुसेना) रहेको वायुसेनाका प्रवक्ता एन स्टेफानेकले सोमबार बताइन्।

भर्नाको पहिलो कार्यकालमा भएका कारण उनीहरू भर्खरका युवा, तल्लो स्तरका कर्मचारीहरू थिए। वायुसेनाले सेवा सदस्यहरूले कस्तो प्रकारको डिस्चार्ज पाउँछ भन्ने खुलासा नगरेता पनि तल्लो सदन मार्फत काम गर्ने कानूनले सेनालाई खोप अस्वीकार गरेको मामिलाहरूमा सैनिकहरूलाई सम्मानजनक डिस्चार्ज वा सम्मानजनक अवस्थाहरूमा सामान्य डिस्चार्ज दिन सीमित गर्ने गरेको छ। 

पेन्टागनले यस वर्षको सुरुवातमा सबै सेनाका सक्रिय सिपाही, राष्ट्रिय गार्डलगायत आरक्षित सेनालाई समेत कोरोनाको खोप अनिवार्य गरेको थियो। प्रत्येक सेवाले शासनादेशको लागि आफ्नै समयसीमा र प्रक्रियाहरू तोकेका थिए। सबैभन्दा छोटो म्याद भने वायुसेनाले निर्धारित गरेको थियो। खोप सेना–बलको स्वास्थ्य र राष्ट्रिय सुरक्षा संकटको सामना गर्ने क्षमतालाई कायम राख्न महत्त्वपूर्ण रहेको रक्षा सचिव लोयड अस्टिन बताउँछन्।

वायुसेनाको पछिल्लो तथ्याङ्क अनुसार १,००० भन्दा बढी वायुसेनाका सिपाहीले खोप अस्वीकार गरेका छन्र भने ४,७०० भन्दा बढीले धार्मिक छुट खोजिरहेका छन्। गत हप्ताको तथ्याङ्क अनुसार सक्रिय वायु सेनाको ९७ प्रतिशत भन्दा बढीले कम्तिमा एउटा खोप लगाइसकेका छन्।  

उनीहरूलाई आदेश पालन गर्न असफल भएकोमा औपचारिक रूपमा सेवाबाट निस्कासित गरिएको स्टेफानेक बताउँछिन्। 

सेनाका सदस्यहरूलाई आदेशको अवज्ञा गरेको कारण सेवाबाट बाहिर निकाल्नु असामान्य होइन। तुलनाको रूपमा, स्टेफानेकका अनुसार २०२१ को पहिलो तीन चौथाईमा वायुसेवाका १,८८० सिपाहीहरुलाई आदेश पालना गर्न असफल भएको कारण अवाकासित गरिएको थियो।  

नौसेना र मरीन कोर्प्सका सदस्यहरूलाई २८ नोभेम्बरसम्म खोप लगाउन र तिनीहरूका आरक्षित सदस्यहरूलाई २८ डिसेम्बरसम्मको म्याद रहेको छ। सेनाको सक्रिय सिपाहीहरूलाई  बुधवारसम्म र सेनाको राष्ट्रिय गार्ड र रिजर्भका सदस्यहरूसँग ३० जुन २०२२ को समयसीमा रहेको छ।

प्रकाशित मिति: : 2021-12-15 07:01:00

प्रतिकृया दिनुहोस्