कांग्रेस महाधिवेशनस्थलमा ‘भीआईपी’को लागि ‘ज्वाइन्ट कमाण्ड’को सुरक्षा (भिडियोसहित)

शनि शाक्य

काठमाडौं

नेपाली कांग्रेसको १४औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। शुक्रबार उद्घाटन सकिएसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ। जसको लागि नेताहरु विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन्।

नयाँ नेतृत्व चयनका लागि देशका पार्टी प्रतिनिधिहरु महाधिवेशनस्थलमा छन्। त्यसैगरी यो महाधिवेशनमा पार्टी प्रतिनिधिसँगै प्रधानमन्त्री शेरबहादुर देउवा तथा अन्य मन्त्रीहरु पनि सहभागी छन्। उनीहरु सबै नेता कार्यकर्तासँगै चुनावी गतिविधिमा सक्रिय छन्। 

यसरी देशका महत्वपूर्ण व्यक्तिहरु सहभागी महाधिवेशनस्थलको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी परिचान गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार यो महाधिवेशनको लागि ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

महाधिवेशनमा सहभागी भीआईपीहरुको सुरक्षलाई मध्यनजर गर्दै एकीकृत सुरक्षा प्रणलीसहितको ‘कमाण्ड’ खडा गरिएको एसएसपी सिंहले बिएल नेपाली सेवासँग बताएका छन्।

‘महाधिवेशनस्थलको सुरक्षा व्यवस्थाको लागि हामीले विभिन्न ठाउँहरुमा जुन प्रकारको भीआईपी मुभ्मेन्ट हुन्छ त्यो ठाउँमा डगसहितको टोली खटिएको छ’,एसएसपी सिंहले भने,‘भीआइपी मुम्मेटमा हरेक गतिविधिहरुलाई मध्यनजर गरेर भोटिङमा आउने क्रममा उहाँहरुको पनि सुरक्षा व्यवस्था मिलाएका छौँ। सुरक्षाको लागि पूर्णरुपमा प्रहरी परिचालित भएको जानकारी गराउन चाहान्छु।’

सिंहले चुनावी प्रचारप्रसारमा भीड बढेकोले विभिन्न तहगत रुपमा प्रहरी परिचालन गरिएको बताए।

‘सुरक्षाका लागि हामी ज्वाइन्ट कमाण्ड खडा गरेका छौँ। यसमा नेपाल प्रहरी, महानगरीय प्रहरीको टिम, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसहितको ज्वाइन्ट टिम खटिएको अवस्था छ,’ सिंहले भने।

प्रमुख जिल्ला अधिकारीको संयोजगत्वमा सामूहिक सुरक्षा प्रणली अपनाइएको हो।

महाधिवेशमा सहभागी प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सुरक्षा व्यवास्थालाई ख्याल गर्दै विशेष योजनासहितको सुरक्षा व्यवस्था अपनाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन्।

‘सुरक्षा व्यवस्था मिलाउने सन्दर्भमा जिल्ला सुरक्ष व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णयहरु गरेका थियो। त्यसका आधारमा सुरक्षा निकायहरुले योजना अनुसार काम गरिहेका छन्,’ प्रजिअ रिजालले भने।

प्रकाशित मिति: : 2021-12-12 20:08:00

प्रतिकृया दिनुहोस्