बिएल संवाददाता
तनहुँको खैरेनीटारमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। लाङ्घाली मगर समाजको आयोजनामा प्रथम लाङ्घाली मगर समाज एकान्कुना भलिबल कप सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिका-१० विजयी भएको छ। भिमाद नगरपालिका-१ लाई ३-० को सोझो सेटमा पराजित गर्दै शुक्लागण्डकी-१० दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो। भिमाद-१ लाई २५-१८, २५-२१ र २५-२० को स्कोरमा पराजित गरेको हो।
दोस्रो खेलमा भिमाद नगरपालिका-९ विजयी भएको छ। शुक्लागण्डकी-६ लाई ३-१ को सेटमा पराजित गर्दै भिमाद–९ विजयी भएको हो। भिमादले-९ ले २२-२५, २५-१८, २६-२४ र २८-२६ को स्कोरमा पराजित गर्न सफल भएको हो।
प्रतियोगितामा तनहुँसँगै स्याङजा र नवलपुरका १२ टिम सहभागी छन्। विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ। दोस्रो, तेस्रो र चौथो हुने समूहले क्रमशः ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया