पठाओ कि मनलाग्दी भाडा ठटाओ ?

‘सर्ज चार्ज’ अर्थात पठाओले यात्रु लुट्ने अस्त्र : न नियमन, न कारबाही !

रातोपाटी

काठमाडौँ

राइड सेयरिङ कम्पनी पठाओले ‘सर्ज चार्ज’का नाममा सेवाग्राहीसँग तोकिएकोभन्दा बढी शुल्क लिन थालेको छ। कम्पनीले व्यस्त समयमा आफ्ना चालकलाई यात्रु बोक्न प्रोत्साहन गर्ने भन्दै सेवाग्राहीसँग आफूखुसी कायम गरेको भाडादरभन्दा ४० प्रतिशतसम्म बढीसम्म शुल्क लिन थालेको हो।

बिहान,बेलुका कार्यालय समय र रातका बेला तथा व्यस्त समयमा सेवाग्राहीसँग यस्तो शुल्क लिने गरेको कम्पनीले स्वीकार गरेको छ। कम्पनीका अनुसार राइडर कम हुने समयमा पनि सेवाग्राहीसँग थप शुल्क लिने गरेको छ। यद्यपी, यो शुल्क सेवाग्राहीलाई मार पार्नभन्दा सहजताकै लागि लिएको कम्पनीको दाबी छ।

सन् २०१८ को सेप्टेम्बरदेखि नेपालमा सञ्चालनमा आएको राइड सेयरिङ कम्पनी पठाओलाई तत्कालीन समयमा ट्याक्सीको विकल्पका रूपमा लिइएको थियो। त्यतिखेर सेवाग्राहीहरू ट्याक्सी चालकको ज्यादती सहनै नसक्ने स्थितिमा पुगेका थिए।
 

प्रकाशित मिति: : 2021-12-09 11:01:00

प्रतिकृया दिनुहोस्