काठमाडौंवासीले घरमै बसीबसी सेवा लिन सक्ने व्यवस्था गर्दैछौं– राजेश्वर ज्ञवाली [अन्तर्वार्ता]

लोकान्तर

सुशील पन्त

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्, राजेश्वर ज्ञवाली । राजधानी शहर रहेको देशकै पुरानो महानगरको प्रशासकीय नेतृत्व गरिरहेका ज्ञवालीले एक कुशल प्रशासकको परिचय बनाइसकेका छन् । देश विदेशका विश्वविद्यालयमा अध्ययन गरेका ज्ञवालीले दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापारमा स्नातकोत्तर, इटालीको टुरिन विश्वविद्यालयबाट बौद्धिक सम्पत्ति कानूनमा एल.एल.एम. गरेका छन् । 

यसैगरी दक्षिण कोरियाको सिओल नेशनल विश्वविद्यालयबाट इ–गभर्नेन्समा पी.एच.डी.अध्ययन पूरा गर्ने तयारीमा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा समेत काम गरेका ज्ञवालीले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा एक वर्ष पूरा गरेका छन् ।

महानगरले गरिरहेका काम, भोगिरहेका समस्या र आगामी दिनका योजनाबारे महानगर दिवसको सन्दर्भमा ज्ञवालीसँग लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाईं काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बनेपछि सुधारका लागि के काम गर्नुभयो ? एक वर्षको उपलब्धि कस्तो रह्यो ?

प्रमुख प्रशासकीय अधिकृतको रूपमा मैले एक वर्ष पूरा गरें । त्यो भन्दा पहिला पनि म महानगरमा कार्यरत थिएँ । म आइसकेपछि वार्षिक नीति तथा कार्यक्रम र बजेटहरूमा द्रूत गतिमा काम गर्नुपर्छ भनेर त्रैमासिक, चौमासिक समीक्षा गर्‍यौं । बजेटमा समेटिएका विकास कार्यक्रमलाई समयमै कार्यान्वयनमा लैजान भनेर निर्णय प्रक्रिया र निर्णय गर्ने अवधि छोट्टिएको छ ।

कर्मचारीतन्त्रमा निर्णय गर्न प्रायः ढिला गर्ने र महत्त्वपूर्ण र राष्ट्रहितका निर्णय लिने बेला पछाडि हट्ने भइरहेकोमा सार्वजनिक हितका कामलाई ढिलो नगर्न कतिपय अवस्थामा जोखिम मोलेर पनि काम गरिएको छ । महानगरको कार्यपालिका र नगर सभाबाट निर्णय गराएर कार्यान्वयनमा लगेका छौं, यसले पारदर्शिता पनि कायम गरेको छ । अहिलेसम्म गरेका कामको सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको छ । ११८० नम्बरको हटलाइन फोनको व्यवस्था पनि गरेका छौँ ।

प्रकाशित मिति: : 2021-12-08 13:24:00

प्रतिकृया दिनुहोस्