कांग्रेसमा सल्बलाउँदै नयाँ गुटहरू

आयोमेल

काठमाडौँ
File Photo
File Photo

नेपाली कांग्रेसको १२ औं महाधिवेशनसम्म दुईवटा प्रष्ट गुट थियो। त्यतिबेला एउटा गुट सुशील कोइरालाले हाकिरहेका थिए भने अर्को गुटको नेतृत्व शेरबहादुर देउवाले गरिरहेका थिए।

कोइरालाको निधनपछि त्यो गुटको नेतृत्व रामचन्द्र पौडेलले गरे। १३ औं महाधिवेशनसम्म आइपुग्दा देउवा र पौडेल समूह प्रष्ट देखियो। त्यसै बखत तेस्रो धारको नेतृत्व गर्दै कृष्णप्रसाद सिटौलाले पनि आफ्नो उम्मेदवारी घोषणा गरे।

१३ औं महाधिवेशनबाटै कांग्रेसमा तीन समूह स्थापित भयो।

कांग्रेस अहिले १४ औं महाधिवेशनको संघारमा छ। अधिकांश जिल्लामा सबै तहका अधिवेशन सम्पन्न गरेर ६ वटा प्रदेशमा प्रदेश नेतृत्व पनि चयन गरिसकेको छ। प्रदेश २ बाहेक। सबै जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न हुन नसकेपछि त्यहाँ प्रदेश अधिवेशन रोकिएको छ। अब प्रदेश २ को प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने सम्भावना बढेको छ।

 

प्रकाशित मिति: : 2021-12-07 14:47:00

प्रतिकृया दिनुहोस्