दमकमा बन्दै गरेको भ्यूटावरको भित्री कथा : पहिला जग्गा खरिद, पछि भ्यूटावरलाई दान अनि प्लटिङ

झापाको दमक–३ स्थित टुकुरेमा बन्दै गरेको १८ तले भ्यू टावरका जग्गादाता पाँच जना छन्। ती हुन्– केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईं। उनीहरू र केही ऐलानी गरी भ्यू टावरका लागि ०७३ मा चार विघा १८ कठ्ठा साढे सात धुर जग्गा प्राप्त भएको थियो।

यी पाँच जनाले भ्यू टावरलाई दिएको जग्गा उनीहरूको पुर्ख्यौली वा पुरानो जग्गा हैन। एक वर्षअघि स्थानीयबाट जग्गा सस्तोमा किनेर उनीहरूले भ्यू टावरलाई दान गरेका हुन्। यी पाँच जना घर जग्गा कारोबारी हुन्।

उनीहरूको ‘माँ पञ्चकन्या हाउजिङ्ग प्रालि’ छ। जसले घर जग्गाको कारोबार गर्छ। जसको सम्पर्क कार्यालय भ्यूटावरदेखि ठीक अघि छ। यो हाउजिङ्ग प्रालिको मुय कार्यालय दमक–५ मा छ। तर, सञ्चालकले भ्यू टावर अघि सम्पर्क कार्यालय खोलेर जग्गाको विज्ञापन सुरु गरिसकेका छन्। यद्यपि दमक नगरपालिकाले भ्यूटावर वरिपरि पाँच सय मिटर क्षेत्रमा प्लानिङ नगरी बेच्न नपाउने भनेका कारण विक्री गर्ने भने पाएका हैनन्। 

प्रकाशित मिति: : 2021-12-06 17:00:00

प्रतिकृया दिनुहोस्