एउटा सानो लामो हल कोठा छ। हल कोठामा पुग्न ठाडै फलामले बनेको भर्याङ चढ्नु पर्छ। त्यहि भर्याङ चढेर हल कोठामा पुगेका (अधिकांश) छन् पाका मानिसहरु।
झट्ट कोठामा पुग्दा अगाडि नजर जान्छ। अगाडि एउटा टेबुल छ। टेबुलमा केही पुस्तक छन्। टेबुल पछाडि कुर्सीमा बसेका छन् केही मानिसहरु। अनि त्यही लामो हल कोठाको दायाँ–बायाँ अन्य मानिसहरु कुर्सीमा बसेका छन्।
सबैतिर नजर डुलाउँदा न बालबालिका देखिन्छन्, न किशोर अवस्थाका। युवाअस्थाका पनि छैनन्। सबै ४ दशक पार गरेका जस्ता छन्। तर, हंसमुखी देखिन्छन्। चिया खाँदै गफिँदै गर्दा बेला–बेला हाँसोका फोराहरु आउँछन्।
यो दृष्य हो शुक्रबार दाङ घोराहीमा एक पुस्तक लोकार्पण समारोहको। शुक्रबार लेखक तथा साहित्यकार खगराज न्यौपानेको गीति महाकाव्य ‘पुर्खाको सम्झना’ पुस्तको लोकार्पण भएको थियो। लोकार्पण समारोहमा साहित्यकारहरुको उपस्थिति रहेको थियो।
प्राध्यापक डा.शिवकुमार सुवेदीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रमा ‘पुर्खाको सम्झना’ पुस्तकको लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेलले गरे। उनले पुस्तकको समिक्षा गरिसकेपछि उपस्थित अतिथिहरुले पुस्तकको लोकार्पण भएको उपलक्ष्यमा शुभकामना दिए।
त्यसक्रममा साहित्यकार तथा शिक्षक डा.कृष्णराज डिसीले शुभकामना मन्तव्य दिए। उनले शुभकामना दिँदै पुराना पुस्ताहरु बुढो भयौँ भनेर बस्न नहुने बताए।
उनले अल्छी गर्न नहुने भन्दै केही बुझेका केही जानेको पुराना पुस्ताले नयाँ पुस्तालाई जानेको बारेमा भन्नुपर्ने बताए। साढे ७ दशक पुग्न लागेका खगराज न्यौपानेले ‘पुस्ताको सम्झना’ भनेर गीति महाकाव्य निकालेको जस्तै अन्य लेखक तथा साहित्यकारहरु पनि अल्छी बन्न नहुने डा.डिसीको तर्क थियो।
‘हामी बुढो पुस्ता अल्छी भएका छौँ। अब त बुढो भइयो। सकिँदैन भन्यो बस्यो,’ उनले भने, ‘गरे त सकिने रहेछ। साहित्यकार खगराज न्यौपानेलाई हेर्यौँ। हामी जस्ता पुराना पुस्ताले केही जानेको कुरा नयाँ पुस्तालाई दिन आवश्यक छ।’
यस्तै कार्यक्रमका प्रमुख अतिथि डा.शिवकुमार सुवेदीले साहित्यकार खगराजको आजसम्मको लेखनीको उर्जाले आफूलाई थप उत्साहित बनाएको बताए। डा.सुवेदीले आफूहरु जस्ता पुस्ताले नयाँ पुस्तालाई केही दिन सक्नुपर्ने उल्लेख गरे। उनले अब सकिदैन भन्दै जानेको कुरा लिपिबद्ध गर्न माया मारेर बस्न नहुने बताए।
त्यसैगरी राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरस्वतम खनालले खगराजले हिजोको पुस्तालाई सम्झिएको जस्तै सबैले सम्झनु पर्ने बताए। ‘हामीले पुराना पुस्तालाई बिर्सिएका छौँ। बिर्सनुहुँदैन,’ उनले भने, ‘खगराजले गरेजस्तै हामीले पनि गर्नु पर्छ।’
के छ ‘पुर्खाको सम्झनामा’
लेखक संघ दाङका अध्यक्ष समेत रहेका खगजार न्यौपानेले लखेको ‘पुर्खाको सम्झनामा’ पुस्तक पितृगाथाका रुपमा रचना गरिएको छ। द्विपदी ढाँचाको प्रयोग गरी असारे लोक भाकामा यो काव्य रचिएको छ। यसले महाकाव्यमा हुनुपर्ने छन्दको अनिवार्यतालाई अस्वीकार गरेको साहित्यकार डा.डिसी बताउँछन्।
पुस्तकका लेखक न्यौपानेले पुर्खाको बारेमा जानेको कुरा पुस्तकमा समेटिएको बताए। आफ्नो पितासँग घटित घटनाहरु पुस्तकमा समेटिएको उनले जानकारी दिए।
‘पुस्तकमा दाङको इतिहासलाई चित्रण गरिएको छ। मैले मेरो पीतासँग बुझेको जानेको कुरा पुस्तकमा उतारेको छु,’ उनले भने,‘सबै छ भन्ने छैन। तर जतिबुझेको छु त्यति लेखेको छु।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया