शक्ति सञ्चयपछि एमालेको नीति: संसदमा प्रहार गरिरहेन, अरू पार्टीका नेता कार्यकर्ता तानेर चुनावको तयारी गर्ने

पहिलोपोष्ट

काठमाडाैँ

 नेकपा (एमाले) ले महाधिवेशनपछि चुनावका लागि ध्यान केन्द्रित गरेको छ। चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि एमालेले आफ्ना गतिविधिलाई चुनाव केन्द्रित गर्न लागेको हो।

अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमै तीन महिने पार्टी सुदृढीकरण अभियान चलाउने घोषणा गरेका थिए। जुन अभियानमार्फत् एकीकृत समाजवादी र माओवादीतर्फ लागेका एमालेका नेता कार्यकर्तालाई फर्काउने प्रयत्न हुने एमालेले जनाएको छ।

अभियान सञ्चालनका लागि थप निर्णय गर्न मंसिर २५ र २६ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छन्। उक्त अभियान पार्टी प्रवेश गराउनेमा केन्द्रित हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

'मान्छेहरू तयार छन्। विभिन्न पार्टीबाट एमालेमा आउन चाहनेलाई प्रवेश गराउने हो,' उनले भने।

एमालेले महाधिवेशनमा देखिएको सहभागिताले चुनावमा आफ्नो जित हुने विश्लेषण गरेको छ।

शुक्रबार पदभार ग्रहण गर्दै ओलीले एमाले चुनावमा केन्द्रित हुन लागेको बताए।

'हामीले हाम्रा पार्टीका नीतिबारे प्रस्ट पारेऊँ। सफलताले दिएको ऊर्जा र आत्मविश्वासलाई लिएर अगाडि बढ्ने छौँ,' ओलीले भने।

प्रकाशित मिति: : 2021-12-03 19:14:00

प्रतिकृया दिनुहोस्