जंगल नगएर सौराहा बजारमा बरालिने गैंडा

व्यापारीका लागि वाउ, किसानलाई झ्याउ!

सेतोपाटी

काठमाडौँ

कहिले मान्छे गैंडामा चढेको, कहिले धाप मार्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भए। गैंडासँग सेल्फी खिचाउनु त सौराहा पुग्ने पर्यटकका लागि सामान्य भइसक्यो।

यहाँको सडकमा मात्रै होइन होटलभित्रै पस्छ, एक सिंगे गैंडा ‘मेघौली’।

पर्यटक खाजा खाँदै गरेको ठाउँबाटै मेघौलीसँग फोटो खिचाउँछन्। भिडिओ बनाएर टिकटकमा पोष्ट गर्छन्। ुमेघौलीु सौराहाका पर्यटन व्यवसायीका लागि प्रचारको प्रमुख ब्राण्ड बनिसक्यो, पर्यटकका लागि आवश्यकता।

यहाँ आउने पर्यटक सडकमा भौंतारिदै गरेको मेघौली देख्न नपाए खिन्न भएर फर्कन्छन्। व्यवसायी यही गैंडालाई देखाएर पैसा कमाउँछन्।

तर सौराहा नजिकै रहेका खेतमा अन्न उब्जाउने किसानका लागि भने यो गैंडा अभिशाप बन्ने गरेको छ।

प्रकाशित मिति: : 2021-12-03 16:21:00

प्रतिकृया दिनुहोस्