काँग्रेस कर्णालीकाे सभापतिमा पौडेल समूहका भूपेन्द्रजंग देउवा समूहमा रस्साकस्सी

नेपाली काँग्रेस कर्णाली प्रदेश सभापतिमा पाैडेल समूहबाट भूपेन्द्रजंग शाहीको उम्मेदवारी हुने भएको छ।

पार्टीको भातृसंगठन तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका १४औं महाधिवेशनमा प्रदेश  सभापतिका उमेदवार बनेका हुन्।

शाहीले काँग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्तावसमेत पेस गरिसकेका छन्। बिहीबारबाट सुरु हुने काँग्रेस प्रदेश अधिवेशनमा शुक्रबार मनोनयन र शनिबार मतदानको कार्यतालिका छ।

पाैडेल समूहबाट शाही मैखानमा आइसके पनि संस्थापन पक्षले उम्मेदवारकाे टुंगो लगाउन सकेकाे छैन।

देउवा समूहबाट कर्णाली प्रदेश सभापतिमा तीनजना आकांक्षी रहेका छन्। जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारीको नाम चर्चामा छ।

शाही र शाह संविधानसभा निर्वाचन २०७० मा निर्वाचित सांसदसमेत हुन् भने सहकारी कालिकोट सभापति भइसकेका छन्। तीनजनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरूले छलफल जारी राखेको र शुक्रबार बिहानसम्म टुंगो लाग्ने देउवा पक्षले जनाएको छ।

स्रोतका अनुसार छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भइरहेको छ।

प्रकाशित मिति: : 2021-12-02 17:43:00

प्रतिकृया दिनुहोस्