फुट र जुटको अन्त्यहीन शृंखलामा हेलिएको राप्रपा

सेतोपाटी

खिलानाथ ढकाल

पटक-पटक फुट्दै-जुट्दै-फुट्दै गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले एकता महाधिवेशनमा होमिएको छ। पार्टी स्थापनाको तीन दशक लामो इतिहासमा पूर्वपञ्चहरू पुन: एक ठाउँमा उभिएर बुधबारदेखि महाधिवेशन गर्ने बिन्दुमा पुगेका हुन्।

एकता हुने, भंग भइहाल्ने, फेरि एकता र बीच-बीचमा समूहरूबीच विशेष महाधिवेशन भइरहने गरेकाले राप्रपाको यो महाधिवेशन कतिऔं हो भन्नेसम्म पनि नेताहरूले यकिन गर्न सकेका छैनन्।    

एकता महाधिवेशन भनिए पनि पछिल्लो पटक कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेका तीन पार्टी मिलेर एक भएको राप्रपामा एकताको भाव भने यसपालि पनि देखिएको छैन। लोकतन्त्र मानिसकेपछि त्यो पार्टीमा चुनाव त हुन्छ नै, हुनैपर्छ।

पार्टीभित्र विचारमा पनि विविधता हुनसक्छ तर साधना र ध्येयमा भने एकताको भाव जरुरी हुन्छ। राप्रपा त्यही एकताको भावबिना यसपालि पनि महाधिवेशनमा होमिएको छ।

प्रकाशित मिति: : 2021-12-01 12:31:00

प्रतिकृया दिनुहोस्