कर्णाली मुगुका स्थायी बासिन्दा हुन्– ६७ वर्षिय चोर्तेन लामा। २६ वर्षअघि उनी मुगुमै फर्निचरको काम गर्थे। त्यहाँबाट उनी कामकै सिलसिलामा ल्हासा गएका थिए। त्यहाँबाट सिकेर आए— बौद्धमार्गीेले पूजामा प्रयोग गर्ने भाँडाका व्यापार गर्न।
ल्हासाबाट फर्किएर सुरुमा मुगुकै गाउँमा आएर त्यस्ता भाँडा बनाउने उद्योग खोलेका उनी अहिले काठमाडौंका सफल हस्तकला व्यवसायीका रुपमा स्थापित भइसकेका छन्। ल्हासा जाँदा सिकेर आएको सीपले उनको जीवनमै आमूल परिवर्तन गरिदिएको छ।
२६ वर्षअघि ल्हासा गएका यनले त्यहाँ भगवान बुद्धका लागि सजाइने विभिन्न सामानहरु तामाका भाडा, तामाका लोटा र तामाकै करुवा देखे।
जसमा बुट्टा भरेर अझ आकर्षक बनाइएको थियो। जुन बौद्धमार्गीहरुले बढी प्रयोग गर्ने गर्दछन्। जसको माग ल्हासामा पनि निक्कै रहेको उनी सम्झन्छन्।
उनले थालेको काम नयाँ भएकाले पनि होला, सुरुका दिनमा उनका हस्तकलाको माग बढी नै थियो। त्यसैले आफूले गर्दैआएको पुरानो पेशा ‘फर्निचर’ लाई छाडेर नयाँ काम सुरु गर्ने सोच आएको उनले बताए।
फर्निचरको काम लिएर ल्हासा पुग्दाको २६ वर्षअघिको अवस्था सम्झदै उनले भने, ‘त्यहाँका मानिसले बनाएका तामाका भाडाहरु साह्रै लोभलाग्दा थिए, अनि मैले पनि त्यही काम नेपाल आएर गर्ने सोच बनाएँ।’
व्यवसाय त उनको पुरानै पेशा थियो तर ‘हस्तकला’ को काम चाहिँ उनका लागि नयाँ थियो। त्यसैले उनले आफ्नो पेशा फेर्ने विचार गरे।
फर्निचर व्यवसायमा आउनुअघि उनी भेडा–च्याङ्ग्राको व्यापार गर्थे। उक्त व्यापार छाडेर उनी फर्निचर व्यवसायमा आएका थिए। सोही व्यवसायका लागि ल्हासा गएका उनी त्यहाँबाट फर्किँदा नयाँ व्यवसाय गर्ने तरिका सिकेर फर्के।
नयाँ काम गर्न रुचाउने चोर्तेन तामाकै व्यवसाय सुरु गर्ने निर्णय त गरे तर उनमा कामप्रति भने कुनै ज्ञान थिएन।
भनिन्छ, मनमा आँट भए जे गर्न पनि सकिन्छ। उनले यस्ता भाँडा बनाउनसक्ने कालिगढ नेपालमै खोजे जसले तामाका भाँडा बनाउँथे।
त्यसपछि उनले ४–५ जनाको समूह बनाए। उनले कामको सुरु गर्नका लागि आवश्यक सामग्री किने– तामा, फलाम, धलौट, पित्तललगायत।
तामाका भाँडावर्तन देखेर लोभिएका उनले २० लाख लगानी गरेर उद्योग खोले। ‘हाम्रो पुर्खा नै व्यापारमा संलग्न भएकाले मलाई लगानीको समस्या थिएन, त्यसैले नयाँ क्षेत्रमा उत्साहित भएर लगानी गरेँ’, उनले भने।
सुरुमै उनको नयाँ उद्योगले प्रगति गर्ने सङ्केत देखायो। उनको हस्तकलाप्रति मान्छे आकर्षित हुदैँ गए। उनको उद्योगले बनाएका भाँडावर्तनको माग देखियो। बनाउनेबित्तिकै धमाधम बिक्री हुन थाले।
‘भगवान बुद्धको पूजामा प्रयोग हुने भएकाले यस्ता सामान किन्नेहरु बढी बौद्धमार्गी नै हुन्थे तर हिन्दू धर्मावलम्बीसहितका घरमा सजाउन सौखिनहरुले पनि घरमा सजाउन भाँडा किन्थे’, उनले बिएल नेपाली सेवासँग भने।
फस्टाउदैँ गएकोे व्यवसाय अझ विस्तार गर्न उनी मुगुबाट काठमाडौं भित्रिए। अनि काठमाडौंको बौद्धमा ‘नमो बुद्ध ह्यान्डीक्याफ एण्ड आट्स सेन्टर’ नामको पसल खोले।
शहरमा उनका सामान किन्नेको भीड झन थपिदैँ गएको थियो। उनी थप उत्साहित हुँदै गए तर नेपालमा २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प ग¥यो। जसले उनको व्यापारलाई चौपट पा¥यो।
‘भूकम्पका कारण हाम्रो सामान जाने ठाउँ ‘चाइना गेट’ बन्द भयो, अनि नोक्सान हुन थाल्यो’, उनले भने।
आफूकहाँ बनेका सामानहरु नेपालमा भन्दा बढी चीनमा लैजानेगरेको उनको भनाइ छ तर विस्तारै भूकम्पका कारण खस्किएको उनको व्यापार उस्किन थाल्यो।
उनको पलसमा सामान किन्नेकोसङख्या फेरि बढ्दै गयो। अनि कामदार पनि थपिदैँै गए। उनी कहाँ सामान लिनेहरुको कमी हुन छाड्यो। उनको व्यवसाय विस्तार हुँदै गयो तर उनको दोस्रो पटक व्यापार डुब्यो।
जब नेपाल कोरोना महामारीको चपेटामा प¥यो, उनी त्यसबेला चल्न चट्पटाउन नसक्ने अवस्थामा पुगे।
कोरोनाका कारण भएको लकडाउनपछिको अवस्था सम्झदै उनले भने, ‘कोरोनाले सबै ठप्प भयो, मैले न त मेरो सामान बेच्न पाएँ न आवश्यकका सामान किन्न नै पाएँ। घरमा थुनिनुबाहेक केहीँ विकल्प नै भएन।’
आफूले लाखौँ लाखमा बेच्ने गरेका सामान लकडाउनका बेला प्रयोगबिहीन भएको पीडा उनको मनमा नमेटिने घाउजस्तै बनेर बसेको छ।
करिब छ महिनासम्मको लकडाउन विस्तारै खुल्न थाले। अनि लामाले पनि सुकेको व्यापार फेरि उठाउदैँ गए।
तामा, पित्तल लगायतका धातुबाट बन्ने उनका भाडामा सुनका जलप लाग्न थाले। जसले उनलाई थप उत्साहित बनायो।
चोर्तेनले यहीँ पेशाबाट आफ्ना पाँच भाइ छोरालाई मास्टर्स डिग्रीसम्म पढाए। अहिले उनका जेठा छोरा अमेरिकामा छन्। माइला छोरा उनकै पेशामा सघाउँछन्। उनी बेग्लै होस्टेलका मालिक हुन्। साहिँला र काहिँला जुम्ल्याहा छोरा गुम्बाका लामा छन्। अनि कान्छा छोरा भने मास्टर पढ्दै छन्।
आफूले गरेको पेशाप्रति सन्तुष्ट उनले भने, ‘मेहनत गरे केहीँ पनि असम्भव छैन्, मेहेनेत गरेर खानु कहिल्यैपछि हट्नु हुँदैन, मेहनेतको फल मिठो हुन्छ,’ आफूले मेहनत गरेर नै अहिले राम्रो भएको बताउने लामा अरुलाई पनि मेहनेत गर्न आग्रह गर्छन्।