मनोहरा तर्न नसकेको ख्वपः मोडेल

नयाँ पत्रिका दैनिक

डा. धुव्र बी. खड्का

अबका दिनमा शिक्षा क्षेत्र, मुख्यतः विद्यालय शिक्षा सुधारका लागि देशका ७५३ स्थानीय सरकारहरूलाई जिम्मेवार बनाउनुपर्छ। ख्वपः मोडेल यसको मानक हुन सक्छ।

संयुक्त राज्य अमेरिकाका ३०औँ राष्ट्रपति क्याल्भिन कुलिजको स्थानीय सरकारबारे एक प्रसिद्ध कथन छ– ‘हामीलाई धेरै राज्य सरकार होइन, उत्कृष्ट स्थानीय सरकार आवश्यक छ।’ उनको त्यो समयको शासकीय रुझान अहिले हाम्रो देशले अंगीकार गर्नुपर्ने वेला आएको छ। राज्यव्यवस्था सफल हुन स्थानीय सरकार प्रभावकारी हुनु अति आवश्यक छ। आधारभूत आवश्यकताहरू जस्तै– स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा सबल स्थानीय सरकारको नेतृत्वले केन्द्रीय सरकारले भन्दा प्रभावकारी काम गर्न सक्छ। यसको आंशिक सफल उदाहरण हो– भक्तपुरको ख्वपः मोडेल। सायद राजनीतिक आग्रहले होला, राष्ट्रिय रूपमा खासै चर्चा नभए पनि सक्षम स्थानीय सरकारले मुख्यतः शिक्षा र स्वास्थ्यलाई जनतासँग कसरी जोड्न सक्छ भन्ने एक मोडेल नै हुन सक्छ, यो। 

प्रकाशित मिति: : 2021-11-29 09:20:00

प्रतिकृया दिनुहोस्