दाङ काँग्रेसको जिल्ला सभापतिमा डाँगी निर्वाचित

नेपाली काँग्रेस दाङ जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा ४ प्रतिष्प्रर्धी मध्ये ५१ प्रतिशत मत ल्याउनु पर्ने प्रवाधान अनुसार कसैले पनि मत ल्याउन नसकेपछि डाँगी सहमतिकै आधारमा सभापतिमा निर्वाचित भएका हुन्।

जिल्ला सभापतिका लागि शुक्रबार शंकरसँगै, भुपबहादु डाँगी, जानकीलाल बस्नेत र कमल किशोर घिमिरेले उम्मेद्वारी दिएका थिए। शुक्रबार सहमति हुन नसकेपछि शनिबार मतदान भएको थियो। मतदानमा पनि ४ जनामा कसैको पनि बहुमत आएन।

फेरि आइतबार बढी मत ल्याउने शंकर र भुपबहादुरबीच सभापतिका लागि मतदानको तयारी गरिएको थियो। तर अन्तिममा आएर भुपबहादुरले शंकरलाई सभापति बनाउन लिखित सम्झौता गरेपछि उनी सभापतिमा निर्वाचित भएका हुन्।

त्यससँगै आइतबार हुने भनेको मतदान नभएर सभापतिमा सहमति जुटेको छ। शनिबार भएको मतदानमा शंकरले सबैभन्दा बढी ७ सय ७६, भुपबहादुरले ५ सय ४६, जानकीलालले ४ सय ७१ र कमल किशोरले ३ सय १५ मत लिएका थिए।

चार जना प्रतिष्प्रर्धी मध्येमा शंकर मात्र काँग्रेसको संस्थापन ईतरका हुन्। अन्य तीन जना संस्थापन पक्षका थिए। शंकर वर्तमान काँग्रेस जिल्ला सचिव हुन भने भुपबहादुर निवर्तमान दाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति हुन्।

प्रकाशित मिति: : 2021-11-28 17:16:00

प्रतिकृया दिनुहोस्