बिएल संवाददाता
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा करिब नौं हजार जनाका लागि खानाको व्यवस्था गरिएको छ।
भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले १९ गतेदेखि २२ गतेसम्म महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक तथा अन्यका लागि खानाको प्रबन्ध मिलाइएको बताए।
उनले आफू महाधिवेशन कसरी सञ्चालन गर्ने भन्ने व्यवस्थापकीय भूमिकामा रहेको बताए। ‘१९ देखि २२ गतेसम्मका लागि खानाको प्रबन्ध मिलाएका छौँ। जसमा बिहानको खाजा, दिउँसोको खाना, २ बजेदेखि ५ बजेसम्म चिया–कुकिजहरू र ५ः३० बाट ८ः३० बजेसम्म बेलुकाको खाना व्यवस्थापन गरिएको छ। खानाका लागि भृकुटीमण्डप पुग्नुपर्छ,’ उनले भने।
रानाभाटका अनुसार महाधिवेशनमा करिब ७ हजार ८ सय प्रतिनिधि छन्। पर्यवेक्षक, स्वयंसेवक तथा अन्यलाई समेत जोड्दा करिब ८ हजार ५ सयदेखि ९ हजार जनासम्मका लागि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताए।
उनका अनुसार बिहानको खाजामा विभिन्न परिकार राखिएको छ। खाजामा भटौरा, अण्डा, फलफूल, ब्रेड राखिएको छ।
दिउँसोको खानामा भेज तथा ननभेज परिकार समावेश गरिएको उनले बताए। ‘भेज–ननभेज छुट्टाएका छौं। मासुमा बिहान कुखुरा र खसी तोकेका छौं। बेलुका चाहिँ सादा खाना छ,’ उनले भने।
भोजन व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट कोष व्यवस्थापन गरिएको उनले बताए। ‘हाम्रो आन्तरिक स्रोत, इन्ट्री फी र नजिक वा पार्टीकै साथीभाइहरूबाट नै त्यो कोषको म्यानेज गरेका छौँ,’ उनले भने।
उनका अनुसार यसपटक पार्टीले आवासको व्यवस्था नगरी सहजीकरण मात्रै गर्नेछ। ‘पहिला–पहिला पार्टीले आवासको पनि दिन्थ्यो, अहिले आवासको फेसिलेटर मात्र गरिदिएका छौं,’ उनले भने।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया