बिएल संवाददाता
कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका पाकिस्तानी खेलाडी साहिबजादा फरहान पाकिस्तान फर्किने भएका छन्।
श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि राष्ट्रिय टोलीमा छनोट भएपछि उनलाई पाकिस्तानले बोलाएको कर्णाली याक्सले जनाएको छ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि फरहान पुन: एनपीएलमा फर्किन सक्नेछन्।
यता पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एनपीएल आयोजकले पाकिस्तानी खेलाडीबाट प्रतिखेलाडी २५ हजार अमेरिकी डलर माग गर्दै एनओसी रोकेपछि पाकिस्तानी खेलाडीहरूको एनपीएलमा सहभागीता अन्योलमा परेको छ।
कर्णाली याक्सलगायत पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका टोलीहरूले पाकिस्तानी खेलाडीको विकल्पमा अन्य विदेशी खेलाडीहरू भित्र्याउने तयारी गरेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया