बिएल संवाददाता
अमेरिकाका कट्टर आलोचक मानिने ब्राजिलका वामपन्थी नेता लुइज इन्सियो लुला राष्ट्रपतिमा निर्वाचित भएका छन्। यो उनको चौथो कार्यकाल हो। ८० वर्षका लुलाले बीचको एक कार्यकालबाहेक अब लगभग २० वर्षसम्म ब्राजिलको सत्ता सम्हाल्ने वामपन्थी नेता बन्नेछन्।
उनले राष्ट्रपतीय चुनावको दोस्रो चरणमा दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन्।
आइतवार भएको राष्टपतीय निर्वाचनमा उनले आफ्ना प्रतिष्पर्धी लगभग आधा उमेरका फ्लाभियो बोल्सोनारोलाई झिनो मतले पराजित गरे। फ्लाभियो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन्। जाइर अहिले जेलमा छन्। लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका थिए भने फ्लाभियोले लगभग ४८.२४ प्रतिशत मत प्राप्त गरेका थिए। यो लगभग दुई बिन्दुको मात्रै फरक हो।
लुलाले आगामी जनवरी ५ देखि ब्राजिलको सत्ता सम्हाल्नेछन्। ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्र ब्रजिलमा भइरहेको यो राष्ट्रपतीय चुनावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चासोका साथ हेरेका थिए। यद्यपि यो चुनावमा उनले प्रत्यक्ष कसैलाई समर्थन त गरेनन् तर ल्याटिन अमेरिकी राष्ट्रहरूमा भएका हालैका चुनावमा उनले दक्षिणपन्थी उम्मेदवारहरूलाई समर्थन गरेका थिए। यस्तो अवस्थामा, २१ करोड ३० लाख जनसङ्ख्या भएको ब्रजिलमा 'कन्जरभेटिभ' नेता सत्तामा पुगेको हेर्न अमेरिकी प्रशासनले रुचाउने ठानिएको थियो। होन्डुरस र कोलम्बियाजस्ता राष्ट्रमा उनिहरू नै बिजयी भए।
ह्वाइट हाउसले ल्याटिन अमेरिकालाई अमेरिकी प्रभाव क्षेत्रका रूपमा हेर्दै आएको छ। ट्रम्प प्रशासन यस क्षेत्रमा रक्षा, सुरक्षा र व्यापारलगायतका विषयमा अमेरिकी नीतिलाई समर्थन गर्ने नेताहरू सत्तामा देख्न चाहन्छ। देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा अनेकौँ चुनौतीबीच उनले कार्यभार सम्हाल्नेछन्। तीमध्ये अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको असन्तुष्टि पनि एउटा प्रमुख चुनौतीका रूपमा देखिएको छ।
ब्रजिल तेलको विशाल भण्डार भएको देश हो जहाँ 'रेअर अर्थ मिनरल्स'को विश्वकै दोस्रो ठूलो भण्डारसमेत रहेको छ। दक्षिण अमेरिकाका ठूला देशमध्ये ब्रजिलमा मात्रै दक्षिणपन्थी नेता सत्तामा छैनन्। लुलालाई चीनप्रति मैत्रीपूर्ण दृष्टिकोण राख्ने नेताका रूपमा पनि हेरिन्छ।
फ्लाभियो बोल्सोनारोले ब्रजिललाई अमेरिकासँग अझ निकट बनाउने वाचा गरेका थिए। यसको विपरीत, लुलाले अमेरिकालाई ब्रजिलको चुनावमा हस्तक्षेप नगर्न चेतावनी दिएका थिए। उनले स्पष्ट शब्दमा भनेका थिए, ‘ब्रजिल कहिल्यै कसैको पिछलग्गु बन्ने छैन।’
बिबिसीकाे सहयाेगमा
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया