सौराहाको बन्दसत्रमा दुई माओवादी कार्यकर्ता एमालेमा प्रवेश, ओलीले 'बाल नदिँदा' निराश हुँदै गेटबाटै फर्किए

पहिलोपोष्ट

काठमाडाैं

चितवनः शनिबार चितवनको सौराहामा बेग्लै उमंग थियो। एमालेको १०औँ महाधिवेशन बन्दसत्र सुरु हुँदै गर्दा माहोल एकाएक रमाइलो देखिन्थ्यो। बन्दसत्रमा उत्साहपूर्ण सहभागिता देखिन्थ्यो प्रतिनिधिको।

तर नेतृत्व चयनका लागि शीर्ष नेताहरुबीच कुरा नमिल्दा बन्दसत्र तोकिएको समयमा सुरु हुनै सकेन।

बिहान १० बजेका लागि तोकिएको बन्दसत्र बल्ल ३ बजे सुरु हुने छाँट देखियो। ओली आउने भएपछि गेटमा केही युवा तयारी अवस्थामा बसे। उनीहरुको हातमा खादा र सिन्दुर थियो।

उनीहरु कोही नभएर माओवादी कार्यकर्ता थिए। जो एमाले प्रवेश गर्नका लागि आतुर भइरहेका देखिन्थे। उनीहरुको चाहना थियो एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाउनु अनि खादा लगाउनु। तर ओलीले उनीहरुको चाहनालाई ओलीले वास्तै गरेनन्। ३ बजेर १० मिनेटमा ओली सिधै बन्दसत्रतिर छिरे।

उनी बन्दसत्रभित्र छिरेपछि उनीहरुलाई थुमथुमाउँदै एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सिन्दुर लगाइदिए। अनि खादा लगाइदिए। यसरी एमालेमा प्रवेश गर्नेमा चितवनस्थित रत्ननगर नगरपालिका वडा १५ का स्थानीय कार्यकर्ता जीतवीर घलान र झलक लामिछाने हुन्।

प्रकाशित मिति: : 2021-11-27 21:17:00

प्रतिकृया दिनुहोस्