पीके क्याम्पसका छात्राद्वारा महिला हिंसाविरुद्ध साइकल र्‍याली, महावीर पुन पनि सहभागी (भिडियाेसहित)

काठमाडौं बागबजारस्थित नेपालकै पहिलो कन्या क्याम्पस– पद्म कन्या (पीके ) कलेजका छात्राहरुले महिला हिंसाविरुद्ध चेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ। विशेष अतिथिका रुपमा आमन्त्रित  सामाजिक अभियन्ता एवम् राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन पनि उक्त र्‍यालीमा सहभागी थिए।

'मौनता तोडौं- महिला हिंसा बन्द गरौं' भन्ने नाराका साथ 'पिकेसी बिबिएम दोस्रो साइकल र्‍याली, २०२१' र्‍याली आज मंसिर ११ गते बिबिएममा अध्ययनरत छात्राहरुद्वारा आयोजना गरेका हुन्।

आयोजकका तर्फबाट बिबिएमका छात्रा सोनु पौडेलले साइकल र्‍यालीको माध्यमबाट महिलामाझ जनचेतना र वातावरणीय सचेतना दुवै बढ्ने आशा व्यक्त गरिन्।उनले भनिन्, 'महिला हिंसा हरेक ठाउँमा व्याप्त छ। यसविरुद्ध सचेतना फैलाउन जरुरी छ।'

नारीले साइकल चलाउन पनि यस कार्यक्रमले प्रेरणा दिने बताउँदै उनले यसबाट पर्यावरणमा सकारात्मक प्रभाव पर्ने उनले बताइन्।

संयोजक सोनुले भनिन्, 'महिलाको चेतना वृद्धि गरी महिला सशक्तीकरण बढाउने, वातावरणसम्बन्धी ज्ञान बाँड्ने र यसको संरक्षणको महत्त्व बुझ्न पनि मद्दत पुर्‍याउने छ।'

इभेन्टका संयोजक तथा सल्लाहकार उक्त कलेजका प्राध्यापक योगेन्द्रमानसिं बस्न्यातले महिला हिंसाविरुद्ध जनचेतना र वातावरण सचेतना फैलाउने उद्देश्यसहित र्‍याली आयोजना गरिएको जानकारी दिए।

पीकेका छात्राहरुले गत साल 'नारी दिवस' पनि यस्तै साइकल र्‍याली आयोजना गरिएको थियो जसमा करिब दुई सय 'साइक्लिस्ट'ले सहभागी थिए।

कार्यक्रमका प्रमुख अतिथि बालबालिका तथा महिला विकास मन्त्रालयका सचिव याम कुमारी खतिवडाले महिला लैंगित हिंसा विरुद्द जोरतोड्ले आवाज उठाउन पर्ने बताइन्। यसको विरुद्ध लड्न महिलाहरु आफैँ सचेत हुन आवश्यक रहेको पनि औँल्याइन्।

कार्यक्रमका विशेष अतिथि क्याम्पस प्रमुख प्रोफेसर धन प्रसाद पण्डितले क्याम्पसका छात्राद्वारा आयोजना गरेको साइकल र्‍यालीलाई शुभकामना दिँदै महिला लैंगिक हिंसाविरुद्धको साइकल र्‍यालीले चेतना जगाउन भुमिका निभाउने विश्वास व्यक्त गरेका छन्।

त्यसै विशेष अतिथि रहेका सामाजिक अभियन्ता महावीर पुनले छात्राद्वारा आयोजना गरिएको हिंसा विरुद्द आवाज उठाउँदै साइकल र्‍याली आयोजना गरेकोमा शुभकामाना दिएका थिए।

कार्यक्रमका सभापति सहायक क्याम्पस प्रमुख प्रमिला लाखे, नेपाल बैंक लिमिटेडका वजार विभागका प्रमुख अर्जुन बहादुर कँडेल, र्‍यालीका संयोजक योगेन्द्र मानसिं बस्न्यातलगायतले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए।

र्‍यालीको क्रममा ललितपुर साइक्लिस्टले शताब्दी पुरुष साहित्याकार सत्यमोहन जोशीलाई भेटेर आशिर्वाद समेत थापेका थिए।

यसपल्टको र्‍यालीमा करिब २००जना 'साइक्लिस्ट' हरु सहभागी थिए। कार्यक्रमबाट बचेको रकम अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रलाई उपलब्ध गराउने आयोजकको तयारी छ।

साइकल र्‍याली शनिबार विहान ८ बजे सुरु भएको थियो। उक्त र्‍यालीले पद्म कन्या क्याम्पस-सिद्धिगणेश-कमलादी- त्रिचन्द्र क्याम्पस- रत्नपार्क- माइतिघर- बबरमहल-त्रिपुरेश्वर- बसन्तपुर- न्यूरोड-जमल-घण्टाघर हुँदै बागबजारस्थित पद्मकन्या क्याम्पस पुगेर टुंगिएको थियो।

साइकल र्‍याली पद्माकन्या बहुमुखी क्याम्पस बिबिएम ५ औँ सेमेस्टरका विद्यार्थीले आयोजना गर्दैछन् भने राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, अल्का हस्पिटल, र प्याङ्क बाइकलगायतले प्रायोजन गरेका छन्।

प्रकाशित मिति: : 2021-12-01 08:40:00

प्रतिकृया दिनुहोस्