जैन धर्म के हो ?

काठमाडौंप्रेस

डा. दामोदर पुडासैनी किशोर

प्राचीन दक्षिण एसियाली क्षेत्रमा प्रचलित धर्म जैन धर्म हो। यस धर्मले संसारलाई जीव र अजीवमा विभक्त गरेर हेर्दछ। यस धर्मले ब्राह्मणवादको विरोध गर्दछ, वेदलाई मान्दैन र ईश्वरको अस्तित्वलाई पनि अस्वीकार गर्दछ।

‘जैन’ शब्द ‘जीन’ बाट बनेको हो जसको अर्थ मान्छेका सम्पूर्ण आवेगहरूलाई शमन गरी आफूलाई आफैँले पूर्णतः वसमा राख्न सक्ने व्यक्तिको रूपमा लिइन्छ। महावीर जैन धर्मका प्रवर्तक त होइनन् त्यस धर्मका चौबीस प्रवक्तामध्ये अन्तिम प्रवक्ता हुन्। जैन धर्मको प्रवर्तन त ऋषभनाथले गरेका  थिए।

जैन धर्मले मूख्यतः नैतिकतालाई जोड दिन्छ। मानव सभ्यताको विकासको क्रममा धार्मिक विचारधारा आध्यात्मिक रूपमा अघि बढेको देखिन्छ। धर्मको क्षेत्रमा पनि पूजा तथा यज्ञ गर्ने एउटा र आत्मसंयम तथा आध्यात्मिक उन्नति गर्ने गरी दुई विचारधाराको विकास भयो। 

जैन धर्मले सृष्टिकर्ता ईश्वर हो भन्ने मान्दैन। यस अनुसार जो जन्म-मरणको वन्धनबाट मुक्त हुन सक्छ। ऊ नै ईश्वर हो, त्यो नै ‘जीन’ हो। जीनका अनुयायीलाई नै जेन भनियो। जीनको अर्थ विजेता हो। जीवनमा जस्तो गरिन्छ उस्तै पाइन्छ। कर्मकै कारण जन्म मरणको दुःख भोग्नु पर्छ। मान्छेले आफ्नो कर्मको प्रयासले दुःख हटाउन सक्तछ। कर्मको फलनै भाग्य हो। प्रत्येक जीवमा आनन्दको असिमीत बोध क्षमता छ। जीव अमर छ, चेतन छ र भावयुक्त छ।

प्रकाशित मिति: : 2021-11-27 13:11:00

प्रतिकृया दिनुहोस्