बिएल संवाददाता
नेपाली कांग्रेसको रोल्पा जिल्ला अधिवेशन सम्पन्न गरेर फर्कँदै गरेका निर्वाचन अधिकृत सूर्य ओलीलाई प्रमुख जिल्ला अधिकारी ठाडो निर्देशनमा प्रहरीले पक्राउ गरेको छ।
बिहीबार रोल्पामा सम्पन्न भएको कांग्रेस जिल्ला अधिवेशनमा धाँधली गराएको आरोप लगाएर प्रमुख जिल्ला अधिकारीले बिना कारण निर्वाचन अधिकृतलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको पूर्वराज्यमन्त्री अमर पुनले बताए।
निर्वाचन अधिकृत ओलीलाई प्रहरीले रोल्पाको सादोबाटोबाट नियन्त्रणमा लिइएको हो।
निर्वाचन अधिकृतलाई बिना कारण पक्राउ गरेको भन्दै अहिले पूर्वराज्यमन्त्री पुनलगाएतका नेताहरुले अहिले सडकमै अनसन सुरु गरेका छन्।
आफ्नो पक्षका नेताले अधिवेशनमा हारेपछि गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीलाई पक्राउ गर्न निर्देशन दिएको र सोही अनुसार पक्राउ गरिएको रोल्पा कांग्रेस नेताहरुको भनाइ छ।
बिहीबार भएको जिल्ला अधिवेशनमा रामचन्द पौडेल पक्षका किशोर आचार्यको प्यानल विजयी भएको थियो।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया