स्वीडेनकी प्रथम महिला प्रधानमन्त्री एण्डरसनले बजेट पास गराउन नसक्दा केही घण्टामै दिइन्

Dagens Nyheter
Dagens Nyheter

स्वीडेनकी नवनियुक्त प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले आफ्नो बजेट पास हुन नसकेपछि संसदले नियुक्त गरेको केही घण्टापछि नै राजीनामा दिएकी छिन्। जुनियर ग्रीन पार्टीले गठबन्धन सरकार छोडेपछि उनले राजीनामा गर्नुपर्ने अवस्था आएको हो।

एन्डरसनले स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री हुन्। उनको कार्यकाल अप्रत्याशित रूपमा छोटो भए पनि इतिहास भने रचिएको छ। उनले शुक्रबार औपचारिक रूपमा सपथग्रहण गरी पदभार ग्रहण गर्ने तयारी थियो।

विगत सात वर्षदेखि अर्थमन्त्रीको रूपमा सेवा गरिरहेकी थिइन्– ५४ वर्षीया अर्थशास्त्री एन्डरसनले। 'सोसल डेमोक्र्याटु पार्टीको अल्पमत सरकारको प्रधानमन्त्रीका रूपमा पुनः छिट्टै पदमा नियुक्त हुने आशा राखेको उनले बताइन्।

'गठबन्धन सरकारको एउटा पार्टीले गठबन्धन छोडेमा पनि राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ। म त्यस्तो सरकारको नेतृत्व गर्न चाहन्न जसको वैधानिकतामाथि प्रश्न उठ्छ,' सोशल डेमोक्र्याट एन्डरसनले सञ्चारकर्मीहरूसँग भनिन्।'

एन्डरसन त्यहाँको वामपन्थी दलको समर्थनमा बुधबार सुसद्मा भएको मतदानमा प्रधानमन्त्री चुनिएकी थिइन्। उनले अन्तिम क्षणमा वाम पार्टीसँग पेन्सन बढाउने सम्झौता गरेकी थिइन् । अनि उनलाई संसद्ले निर्वाचित गरेको थियो।

वामपन्थीहरूलाई दिइएका सहुलियतहरूको कारण ुसेन्टर पार्टीुले एन्डरसनको बजेटलाई अस्वीकार गर्यो। अनि आफ्नो समर्थन फिर्ता लियो। उनको बजेटलाई संसदबाट पारित गर्न बहुमत नपुग्ने अवस्था सिर्जना भयो। अनि बहुमत गुमाएका कारण उनले राजीनामा दिनुपर्योा।  

सांसदहरूले यसको सट्टा विपक्षी रूढिवादी नरमपन्थी, क्रिश्चियन डेमोक्र्याट र घोर दक्षिणपन्थी स्वीडेन डेमोक्र्याटहरूले प्रस्तुत गरेको वैकल्पिक बजेटलाई पारित गरेको थियो।

संसद्को निर्णयपछि एन्डरसन निराश भएकी थिइन्। उनले अझै पनि पारित बजेटबाट शासन गर्नसक्ने आशय व्यक्त गरिन्।  
अर्को अप्रत्याशित घटनामा ग्रीन्स पार्टीका नेता पेर बोलुन्ड पार्टीले 'विपक्षीले घोर दक्षिणपन्थीहरूसँग पहिलो पटक ऐतिहासिक बजेटको मस्यौदा तयार पारेको' सहन नसकेको भन्दै सरकार छोडेका छन्।

'ऐतिहासिक दिन'

संसदका सभामुख एन्ड्रियास नोर्लेनले एन्डरसनको राजीनामा स्वीकृत गरेको र बिहीबार कसरी अघि बढ्ने भन्ने निर्णय गर्नुअघि पार्टी नेताहरूसँग सम्पर्क गर्ने बताएका छन्।

आज घटेका घटनाका क्रम ग्रीन्सले नयाँ प्रधानमन्त्रीको मतदानमा समर्थन गर्ने वाचा एन्डरसनका लागि लाभदायक हुनसक्ने स्वीडेनको सबैभन्दा ठूलो दैनिक अखबार ड्यागेन्स न्य्हेटरु ले एउटा सम्पादकीयमा उल्लेख गरेको छ।

'सोशल डेमोक्र्याटहरूले सबै क्याबिनेट पोष्टहरू पाउने र ग्रीन्ससँग सबै सम्झौताको बेवास्ता गर्न पाउनेु उक्त सम्पादकीयले जनाएको छ।

लामो समयदेखि लैङ्गिक समानताको वकालत गर्ने राष्ट्र भए पनि स्वीडेनमा यसअघि कहिल्यै पनि महिला प्रधानमन्त्री निर्वाचित भएको थिएन। 'स्क्यान्डिनेभियानु देशले महिला मताधिकारको अनुमति दिएको १०० वर्ष पुगिसकेको छ तर मताधिकार पाएको एक सय वर्षपछि प्रधानमन्त्रीको पदमा महिला निर्वाचित हुनु' एउटा विशेष दिनु भनी टिप्पणी गरिएको छ।

नर्वे, डेनमार्क, फिनल्याण्ड र आइसल्याण्ड लगायतका अन्य सबै 'नर्डिकु देशहरूमा महिलाले त्यहाँको सरकारको नेतृत्व गरिसकेका छन्। एन्डरसनले नोभेम्वर महिनाको सुरुमा स्टेफान लोफभेनको विरासत सम्हाल्दै' सोसल डेमोक्र्याटु को नेताको पदभार ग्रहण गरेका थिए।

सात वर्ष सत्तामा रहेका स्टेफान लोफभेनले आफ्नो उत्तराधिकारीलाई देशको नेतृत्व सुम्पने २०२२ सेप्टेम्बरको आमचुनावको तयारीमा पर्याप्त समय दिनका लागि नोभेम्बर १० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

यसैबीच रूढीवादी मध्यस्थताको नेतृत्वमा दक्षिणपन्थी विपक्षीहरुले हालका वर्षहरूमा अध्यागमनविरोधी स्वीडेन डेमोक्र्याटको नजिक पुग्दै उसले सत्ताबाहिरै बसेर दिने समर्थनमा शासन गर्ने आशा राखेका छन्।

'व्यावहारिक टेक्नोक्रेट'

पूर्व जुनियर स्वीमिङ च्याम्पियन एन्डरसनलाई सञ्चारमाध्यमले 'बुलडोजरु को उपनाम दिएको छ। अक्सर 'व्यावहारिक' र 'प्राविधिक कर्मचारी' को रूपमा वर्णन गर्ने गरेका छन्।

सोशल डेमोक्र्याटको वरिष्ठ नेताको रूपमा पद ग्रहण गरेलगत्तै उनले स्कूल, स्वास्थ्य सेवा र बृहत् हेरचाहजस्ता कल्याणकारी क्षेत्रको निजीकरणबाट टाढा सर्ने र स्वीडेनलाई जलवायु सङ्क्रमणमा विश्वव्यापी प्रेरणाको स्रोत बनाउने आफ्नो राजनीतिक प्राथमिकताहरू रेखाङ्कित गरिन्।

सामान्यतया ग्याङल्याण्ड प्रतिद्वन्द्वी वा लागूपदार्थ बजारमा लडिरहेका सङ्गठित अपराधीहरूको कारणले हालका वर्षहरूमा देशलाई पीडित बनाएको पृथकीकरण, गोलीबारी र बम विष्फोटहरू जस्ता अनैतिक क्रियाकलाप अन्त्य गर्ने वाचा एन्डरसनले गरिन्।

अपराध र अद्यागमन अर्को वर्षको चुनावमा स्वीडेनको मुख्य चिन्ताको विषय हुने अपेक्षा गरिएको छ। राजनीतिक विश्लेषकहरूले चुनावमा निकट प्रतिस्पर्धाको भविष्यवाणी गरेका छन्।

प्रकाशित मिति: : 2021-11-25 16:00:00

प्रतिकृया दिनुहोस्