औद्योगिक अर्थतन्त्र निर्माणमा कहाँ चुक्यो नेपाल ?

रातोपाटी

काठमाडौँ

सरकारले आज मंसिर ९ गते ‘स्वदेशी उद्योग र उत्पादन:दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारासहित ‘सातौं उद्योग दिवस’ मनाउँदैछ। बि.सं. २०७१ साल चैत २० गते मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय गरेसँगै २०७२ सालदेखि औपचारिक रूपमा उद्योग दिवस मनाउन थालिएको हो।

बि.सं. १९९२ मंसिर ९ गते पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै सरकारले उद्योग दिवस मनाउन शुरू गरेको हो। नेपालमा उद्योग परिषद स्थापना भएको ८६ वर्ष पुगिसकेको छ।

यस्तै, पहिलो उद्योग विराटनगर जुट मिल स्थापना भएको ८५ वर्ष पूरा भइसकेको छ। यो अवधिमा नेपालले उद्योग क्षेत्रमा खासै प्रगति गर्न नसकेको उद्योग विभागको तथ्यांक र बढ्दो अवस्थामा रहेको नेपालको आयातले पुष्टि गर्छ। नेपालमा प्रशस्त मात्रामा उद्योगधन्दा कलकारखाना भएको भए विदेशबाट ठूलो मात्रामा वस्तु आयात गरेर व्यापार घाटा सहनुपर्ने थिएन।

प्रकाशित मिति: : 2021-11-25 12:15:00

प्रतिकृया दिनुहोस्