ढुंगा खोपेर भविष्य कोर्ने पत्थरकट्टाको कथा : ढुंगा खोपेर भविष्य कोर्दै राजेन्द्र ! सिलौटो बनाएर परिवार पाल्नै मुस्किल

पहिलोपोष्ट

काठमाडौँ

 सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको छेउमै भेटिन्छन् राजेन्द्र पत्थरकट्टा। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान स्थित सडक छेउमा ‘राजेन्द्र सिलौटा उद्योग’ लेखिएको एउटा पुरानो बोर्ड झुन्ड्याइएको छ। उमेरले साढे ४ दशक नाघेका उनी दैनिकजसो यही ठाउँमा आफ्नै सुरमा ढुंगा कुँदिरहेका हुन्छन्।

बुट्टेदार सिलौटोमा अल्झिएको छ उनको परिवारका ६ जना - श्रीमती, तीन छोरा र एक छोरीको जिन्दगी। धुलाम्मे सडकको छेउमा बसेर यसैगरी एकोहोरो घन र छिनो चलाउँदै राजेन्द्रले आफ्नो जिन्दगीको दुई दशक कटाइसकेका छन्।

‘घन र छिनो सानैदेखिको साथी हो,’ उनले सुनाए, ‘पुर्खाले यसैलाई कमाइ खाने भाँडो बनाए। सिलौटो बनाएर जसोतसो मुस्किलले जीवन निर्वाह भइरहेको छ।' उनका बुबा, हजुरबुबाहरुले पनि यसरी नै सिलौटो बनाइरहेको देखेका थिए राजेन्द्रले। अहिले उनी उनीहरुकै पदचापमा अगाडि बढिरहेका छन्।

प्रकाशित मिति: : 2021-11-25 12:00:00

प्रतिकृया दिनुहोस्