अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा ५ जनाको मृत्यु, ४० बढी घाइते

File Photo 126
File Photo 126

 अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार क्रिसमस परेडमा एक सवारीसाधनले ठक्कर दिँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्तिमार्फत उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ।

प्रकाशित मिति: : 2021-11-22 13:43:00

प्रतिकृया दिनुहोस्