बाइडेनले सुम्पिए कमलालाई कार्यबाहक राष्ट्रपतिकाे कार्यभार, रचिन् इतिहास

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार कार्यबाहक राष्ट्रपतिको कार्यभार (प्रेसिडेन्सियल पावर) उपराष्ट्रपति कमला ह्यारिसलाई सुम्पेका छन्। यसरी प्रेसिडेन्सियल पावर प्राप्त गर्ने ह्यारिस पहिलो महिला उपराष्ट्रपति भएकी नयाँ इतिहास रचेकी छिन्।

राष्ट्रपति बाइडेनले आफ्नो उपचार (क्लोनोस्कोपि) गर्न एनेस्थेसिया लिएका अर्थात् बेहोस भएका थिए। उनी हाेसमा नआउन्जेलसम्म अमेरिकाको सम्पूर्ण सैन्य र अन्य महत्वपूर्ण कमाण्डको शक्ति उपराष्ट्रपति ह्यारिसले पाएकी थिइन्। यो प्रक्रिया करिब एक घण्टा २५ मिनेट सम्म चलेको थियो अर्थात ह्यारिस यति समय राष्ट्रपति भएकी थिइन्।

व्हाइट हाउसकी प्रेस–सचिव जेन पास्कीका अनुसार उपराष्ट्रपति ह्यारिसले बेस्ट विङ्गमा रहेको कार्यालयबाट आफ्नो काम सम्पादन गरेकी थिइन्।

अमेरिकी संविधानको धारा–३ का अनुसार यो शक्ति हस्तान्तरण गरिएको हो। राष्ट्रपति बाइडेनले सन् २०१९ मा आफ्नो सम्पूर्ण शरीरको चिकित्सकद्वारा परिक्षण गराएका थिए र चिकित्सक हरुले उनलाई 'स्वस्थ' र 'राष्ट्रपतिको कर्तब्य सफलता पूर्वक सम्पादन गर्न योग्य' भएको बताएका थिए। शनिबार अर्थात् २० नोभेम्बर को दिन उनको ७९औं जन्मदिन हो।

प्रकाशित मिति: : 2021-11-20 09:16:00

प्रतिकृया दिनुहोस्