बिएल संवाददाता
यदुकुमार बिष्ट नेपाली कांग्रेस मोरङका नेता हुन्। २०४८ सालमा महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी सङ्घको इकाई सभापति भएपछि बिष्टको राजनीतिक यात्रा सुरु भएको हो।
२०४९ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति बिजयी भएका बिष्ट २०५१ मा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य भए। २०५४ सालमा नेपाल तरुण दललाई पुनर्गठन गर्दा बिष्टले केन्द्रीय सदस्यको जिम्मेबारी पाए। निरन्तर पार्टी संगठनमा लाग्नु भएका बिष्ट पार्टीको १० औं महाधिवेशन देखि कांग्रेस राजनीतिमा प्रबेश गरे।
पार्टीको जिल्ला सदस्य दुई कार्यकाल, पार्टीको सचिव एकपटक र एक पटक महाधिवेशन प्रतिनिधि जित्नु भएका बिष्टले ब्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। १४ औं महाधिवेशनमा मोरङ कांग्रेसको सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएका ५१ वर्षीय युवा नेता यदुकुमार बिष्टसँग महाधिवेशन कै सेरोफेरोमा गरिएको कुराकानीको सारसंक्षेप–
अचेल के मा ब्यस्त हुनुहुन्छ?
– हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शिलशिलामा छौं। निर्धारित समय भन्दा ढिलो गरी महाधिवेशन सुरु भएको छ। कांग्रेसका लागि यो महाधिवेशन मात्र होइन, नीतिगत सुधार,सफल र सक्षम नेतृत्व चयन अनि चैत पछि हुने तिनै तहका निर्वाचनमा कांग्रेसका उम्मेद्वारलाई कसरी जिताउन सकिन्छ भन्ने एजेण्डा निर्माण गर्ने अवसर पनि यही हो। यो अवसरलाई खेर जान नदिन गाउँ–नगर सबैतिर साथीभाइसँग सम्वाद र भेटघाट गरिहेको छु। १३ औं महाधिवेशनमा नै जिल्ला सभापतिमा उम्मेद्वार बन्ने तयारी गरेको थिएँ। तर, टिमको राजनीतिमा आफू भन्दा अग्रजलाई अवसर दिनुपर्ने अवस्था आयो। यसपटक सभापतिमा मेरो उम्मेद्वारी निश्चित भएको छ। त्यसैले भेटघाट मै ब्यस्त छु।
के एजेण्डा सहित चुनावमा उठ्दै हुनुहुन्छ?
– नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो। सात दशकको इतिहास निर्माण गरेको पार्टीका निर्णयहरू केन्द्र देखि जिल्ला तहसम्म पारदर्शी छैनन्। निर्णय पारदर्शी नहुँदा नेता र कार्यकर्ताबीच समन्वय ट्ट्दै गएको छ।
अहिले मोरङ कांग्रेसमा पुराना र बैचारिक रुपमा स्थापित नेता कार्यकर्ताहरू ओझेलमा पर्दै जानु भएको छ। पञ्चायत र राजा बिरुद्धको आन्दोलनमा अग्रमोर्चामा खटेका साथीहरूको मानमर्दन हुन थालेको छ। मूल्य मान्यता र निष्ठाले कांग्रेस बनेकाहरू भन्दा पैसा र पावरको बलमा कांग्रेस भएकाहरू शक्तिशाली हुँदै गएकाछन्।
नेपाली कांग्रेस दुखको साथी हो। तर, यत्रो विश्वमहामारीको बेला कांग्रेस कहाँ छ भनेर खोज्नुपर्यो। कांग्रेस जनताको एजेण्डामा उभिन सकेको छैन। कांग्रेसलाई कमजोर बनाउने चलखेल सुरु भएको त होइन भन्ने प्रश्न उठ्न थालेको छ। यो सबै गतिविधि देख्दा कांग्रेसलाई ड्यामेज गर्न लागेका हुन कि भन्ने लाग्न थालेको छ। पार्टीलाई बैचारिक र सैद्धान्तिक दृष्टिकोणले अघि बढाउन सकिएन भने कांग्रेस झन कमजोर हुँदै जानेछ। त्यसैले बलियो कांग्रेस र सशक्त कांग्रेस निर्माणका लागि मेरो उम्मेद्वारी हो।
तपाईको दृष्टिकोणमा १३ औ। महाधिवेशनबाट निर्वाचित मोरङ कांग्रेसको नेतृत्व असफल भएको हो?
– पाँच वर्षको अवधिमा मोरङ कांग्रेसले गरेका देखिने कामहरू के के हुन ? एक दुई तीनमा भन्नु पर्दा कुन कुन काम भन्छन् रु स्थानीय तहको टिकट वितरण मोरङको पार्टी कार्यालयमा बैठक बसेर निर्णय गर्न सकेन। काठमाडौंसम्म कति कार्यकर्ताको पहुँच छ। के पैसावालाको मात्र पार्टी संगठन हो ? जिल्लामा बसेर निर्णय गर्न नसक्ने अनि काठमाडौं गएर पनि कुनै मापदण्ड बिना पार्टीको टिकट वितरण गर्ने निर्णय ब्यावहारिक थिएन। त्यसैले पार्टीले जति स्थानमा जित्नु पर्थ्यो त्यति स्थानमा जित्न सकेन।
सङ्घीय संसद र प्रदेश सभामा कांग्रेसको सर्मनाक हार भयो। तर, जिल्लाको पार्टी नेतृत्वले समीक्षा सम्म गर्न आँट गरेन। त्यति मात्र होइन,क्रियाशील सदस्य वितरणमा पनि विबाद भयो। क्रियाशील सदस्य दिने पार्टीको आफ्नै मापदण्ड थियो। नेतृत्वले मापदण्डलाई बेवास्था गर्यो र काठमाडौंमा बसेर क्रियाशील सदस्यताको अन्तिम टुङ्गो लगाइयो। हामी सङ्घीय मोडलको राजनीतिक अभ्यास गरिरहेका छौं। तर, चरित्र केन्द्रीकृत हुँदै गएको छ। पैसा र पहुँच नभएकाहरूले कांग्रेस मेरो पार्टी हो भन्न नसक्ने अवस्था आएको छ। गरिव सुकुम्बासी, दलित,आदिवासी जनजाति, पिछडावर्ग, मधेसी मुस्लिम र थारु सबैलाई भूमिका र सहभागिताका आधारमा अबसर दिनुपर्छ। तर, अहिलेको नेतृत्वले समावेशी आचरण देखाउन सकेन।
मोरङ कांग्रेस भित्र संस्थापन पक्ष र कोइराला–पौडेल पक्षको प्रष्ट दुई समूह देखिन्छ, तपाई कुन समूहको उम्मेद्वार हो?
– म नेविसङ्घको राजनीतिबाट आएको ब्यक्ति हुँ। गिरिजाप्रसाद कोइरालाको सामिप्यतामा बसेर राजनीतिको कखरा सिकेको ब्यक्ति कोइराला समूह भन्दा बाहिर जान सक्दैन। स्वार्थका लागि कहिले यता कहिले उता गरेको पनि छैन्। तर,पार्टी गुट उपगुटले बिग्रिएको छ।
सैद्धान्तिक दृष्टिकोणमा एउटै समूहका सार्थीहरू स्वार्थका कारण फरक फरक उप समूह निर्माणमा लागेको देख्छु। यसले पार्टीलाई मलजल गर्दैन। भोलि कसरी अघि बढ्ने ,फरक बिचारका सँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने विषयमा बहस हुन्न। सबैलाई नेतृत्वमा आउने गुट चाहिएको छ। आन्तरिक प्रतिस्पर्धामा तल्लो तहको आरोप प्रत्यारोप लगाएर आफू नेतृत्वमा आउन खोज्नु उचित होइन।
पुरानो संस्थापन कोइराला–पौडेल समूहले हालका सभापति डिगबहादुर लिम्बूलाई नै उम्मेद्वार बनाउने चर्चा छ नि?
– पत्रकार साथीले कहाँबाट चर्चा सुन्नुभयो। मलाई थाहा छैन्। तर,त्यस्तो निर्णय भइसकेको छैन्। नेताहरूले पद मै बसेर मात्र काम गर्न सकिन्छ भन्ने सोच त्याग्नुपर्छ। डिगबहादुर जी ले २ पटक संविधान सभाको र एक पटक संघीय संसदको टिकट पाउनु भयो। एकपटक जित्नुभयो। एकपटक तत्कालिन प्रजान्त्रिक कांग्रेसको सभापति बन्नुभयो। एक पटक नेपाली कांग्रेसको सभापति बन्नुभयो। एउटै ब्यक्तिले लगातार उही पदमा रहेर काम गर्ने हो भने राजनीतिमा पूस्ता हस्तान्तरण कहिले हुन्छ ? उहाँले अब माथिल्लो तहमा जानुपर्छ। केन्द्रमा चाँहि शेरबहादुर देउवाले पार्टी हाक्न सकेनन् भनेर भन्ने अनि जिल्ला, क्षेत्र ,गाउँ÷नगरमा एउटै ब्यक्तिले पद ओगटी रहने यो सिष्टम पनि राम्रो भएन।
यदुकुमार बिष्टलाई पुरानो संस्थापनले किन उम्मेद्वार बनाउनु पर्ने?
– मैले धेरै कुरा अगाडि नै राखि सकेको छु। सबै साथीहरूलाई न्याय गर्न सकिन भने पनि कसैलाई पनि अन्याय गर्दिन। सामूहिक छलफलबाट पार्टीको हितमा निर्णय गर्नसक्छु भन्ने लागेको छ।
विगतमा म एक कार्यकाल मोरङ कांग्रेसको सचिव भएर काम गरें। बिबाद कहिल्यै भएन। आएका अबसरहरू साथीहरूलाई बाढेर काम गरेको छु। मान्छेको ,कहिँ कतै गल्ती त हुन्छ। तर, नियोजित रुपमा यदु विष्टले गल्ती गर्दैन। म सभापति भएँ भने कांग्रेसलाई माफिया मुक्त पार्टी बनाउँछु। कसैको घर कोठा वा दलानबाट पार्टीका निर्णय हुने छैनन्। यो ढुक्क हुनुहोस यदु बिष्टले पार्टीका सबै तहका उम्मेद्वारहरूले चुनाव जित्ने वातावरण तयार गर्नेछ।
तपाईको समूहले उम्मेद्वार बनाए भने के गर्नु हुन्छ?
–एउटा बैचारिक,प्राज्ञिक र निष्ठावान नयाँ पुराना कार्यकर्ता नेताहरू बसेर समावेसी टिम बनाउँछौं र हामी चुनावी मैदानमा उत्रन्छौं।
अन्त्यमा केही?
– अहिले कै गतिमा गयो भने कांग्रेस संकटमा पर्नसक्छ। सिद्धान्तको खडेरी लाग्नसक्छ। पावर ,पैसा र पहुँच नभएकाहरू कांग्रेससँग टाडिनेछन्। त्यसैले बिचार सहित सबैलाई जोड्न सक्ने कांग्रेस निर्माणका लागि हाम्रो टिमलाई जिताइदिन सम्पूर्ण ,क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरूसँग अनुरोध गर्छु।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया