म्यान्मार सैनिक कू: नागरिक समूहद्वारा आक्रमण, दुई दिनमा ७० सैनिक मारिए

सुधा अत्रि

रंगुन, म्यान्मार

म्यान्मारको सैन्य जुन्ताविरूद्ध युद्ध गरिरहेको पीपुल्स् डिफेन्स फोर्स (पीडीएफ)ले ठाउँ–ठाउँमा आक्रमण गर्दा ७० भन्दा बढी सरकारी सेना मारिएको दाबी गरेको छ।

नागरिक समूहको लडाकू दस्ता पीडीएफले सोमबार र आइतबार सैनिक इलाका लक्षित आक्रमण गरेको छ। साङ्गैङ, माग्वे, मन्डले, रंगुन र अय्यारवाडी क्षेत्रको आक्रमणमा कैयौँ सैनिक घाइते भएको समेत बताइएको छ।

पीडीएफ लडाकूहरूले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको निर्वाचन क्षेत्रमा पटकपटक आक्रमण गरेका छन्। पछिल्लाे आक्रमण दर्जानाैँ सैनिकहरू मारिएकाे र केहीँकाे अवस्था गम्भीर रहेकाे छ।

पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) लडाकुहरूले गत हप्ता काउमुमा आक्रमणमा दुई जना सैनिकहरूलाई नराम्ररी घाइते बनाएका थिए, याङ्गुन क्षेत्रको टाउनशिप जहाँ हिरासतमा राखिएका नेतृ आङ सान सुकीले फेब्रुअरी 1 को कू अघि आफ्नो संसदीय सीट राखेका थिए।

दुई दिन–यता रंगुनमा सरकारी सेना–लक्षित तीनवटा आक्रमण भएको प्रजातान्त्रिक आन्दोलनका अधिकारीहरूले बताएका छन्। त्यस्तै, अय्यारवाडी क्षेत्रमा जुन्ता सरकारका मन्त्रीहरूमाथि नै आक्रमण भएको समेत दाबी गरिएको छ।

विद्रोहीहरू चौङ्गथा–पाथेन राजमार्गमा सोमबार दिउँसो सैन्य सरकारका होटल तथा पर्यटन मन्त्री डा. हेते आङ र अय्यारवाडीका मुख्यमन्त्री यु टिन माउङ विनलाई आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। मन्त्रीहरू चौङ्गथा समुन्द्री तटमा आयोजित एक समारोहमा सहभागी भएर प्रान्तीय राजधानी तर्फ फर्किरहेका थिए। स्रोतका अनुसार ती मन्त्रीहरू सुरक्षित भएपनि सुरक्षामा खटिएका ११ सैनिक मारिएको दाबी छ।

आक्रमणको एक घण्टापछि सैनिक–प्रहरीले गाउँ–गाउँमा छिरेर आतंक मच्चाएको स्थानीयले बताएका छन्। उनीहरूले ४० वटा सैनिक गाडीमा गाउँलेहरूलाई नियन्त्रणमा लिएका छन्।

विद्रोही लडाकूहरूले रंगुनको एक चौकीमाथि आक्रमण गरेपछि प्रमुखसहित १४ जना प्रहरीहरू मारिएको  पीपुल्स् डिफेन्स फोर्सका अधिकारीहरूले जनाएका छन्। चलिरहेको गाडीबाट बन्दुकधारी लडाकूहरूले आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ। 

पीडीएफले सोमबार नै थाकेटा नगरपालिकाको पुल नजिकै ट्राफिक प्रहरी चौकीमा आक्रमण गरेको छ। आक्रमणमा दुई ट्राफिक प्रहरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रकाशित मिति: : 2021-11-19 07:38:00

प्रतिकृया दिनुहोस्